शुक्रवार, चैत्र ३० २०८०
चैत, ३० गते काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिस्टारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन् ।
यसअघि शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए ।