Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक: काठमाडौंमा परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो(केन्द्र सहित)

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक: काठमाडौंमा परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो(केन्द्र सहित)

  • 720
    SHARES

  • कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक: काठमाडौंमा परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो(केन्द्र सहित)

    बैशाख, ६ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को काठमाडौ, ललितपुर र भक्तपुरको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

    यससंगै बोर्डले काठमाडौ जिल्लामा आधुनिक प्रबिधिको प्रयोग गर्दै परीक्षा केन्द्रहरु सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको हो।

    यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिनुभएको थियो।

    हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको latitude, longitude को आधारमा दूरी निकालिएको थियो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ।

    एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरि व्यवस्था गरिएको छ। विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ।

    प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ।

    परीक केन्द्र हेर्न यहाँ Click गर्मुस।

    images
    बिहिवार, बैशाख ६ २०८१०४:४०:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार