Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीप परीक्षण मुल्यांकन कर्ता तालिम संचालन हुने

सीप परीक्षण मुल्यांकन कर्ता तालिम संचालन हुने

  • 777
    SHARES

  • सीप परीक्षण मुल्यांकन कर्ता तालिम संचालन हुने

    बैशाख । प्राबिधिक तथा ब्यबसायिक तालिम परिषद (सिटिइभिटी) ले सीप परीक्षण मुल्यांकन कर्ता तालिम संचालन गर्ने भएको छ। सिटिइभिटि प्राबिधिक परिक्षण प्रतिस्ठान (TITI) ले एक सूचना जारी गर्दै सीप परीक्षण मूल्याङ्कन कर्ता तालीम (Skill Test Assessor Training) सञ्चालन गर्ने जानकारी दिएको हो।

    राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (NVQS-PII) परियोजनाको सहयोगमा राष्ट्रिय सीप परीक्षण समिति (NSTB) र प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) सँगको संयुक्त साझेदारीमा नेपाली नागरिकहरूका लागि प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा तालीम सञ्चालन हुने भएकाले यो सूचना प्रकाशित गरिएको जनाइएको छ।

    इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २०८ जेठ ०५ गते राति १२ बजेसम्म) आवश्यक कागजपत्रहरू संलग्न गरी Online फाराम भर्न सक्ने छन् ।

    विस्तृत जानकारीका लागि प्रतिष्ठानको वेबसाइट www.titi.org.np वा राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट www.nstb.org.np मा हेर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै थप जानकारीका लागि प्राविधिक प्रशिक्षण प्रतिष्ठानको फोन नं. ०१-६६३०१८७ मा सम्पर्क गर्न सकिनेछ ।

    1000001964.png

     

    images
    शनिवार, बैशाख २२ २०८१०९:१४:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार