Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम बिश्वबिद्यालयका नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण

मध्यपश्चिम बिश्वबिद्यालयका नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण

  • 603
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्यालयका नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण

    बैशाख, २५ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त भएका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमले पदभार ग्रहण गरेका छन। आइतवार एक कार्यक्रमका बिच उपकुलपति गौतमले बिश्वबिद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, चन्दादाता, नागरिक समाज तथा संचारकर्मी लगायतको उपस्थितिमा वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पदभारग्रहण गरेका हुन्।

    1000002271.jpg

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो।त्यसैगरी योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यूले नवनियुक्त उपकुलपति प्रा. डा. गौतमज्यूको संछिप्त बायोग्राफी प्रस्तुत गर्नु भएको थियो ।

    पदभारग्रहण पश्चात आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त उपकुलपति प्रा. डा. गौतमले सम्पूर्ण विश्वविद्यालय परिवार र सरोकारवाला सवै पक्षलाई साथमा लिएर विश्वविद्यालयको हितमा शैक्षिक प्रशासनिक गतिविधिहरु संचालन गर्ने बताउनुभयो।

    1000002269.jpg

    साथै उहाँले विश्वका विभिन्न विकसित देशहरुको अभ्यास र आफ्नो अनुभव सुनाउदै सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयको हितलाई मध्यमजर गर्दै आ-आफ्नो स्थानबाट योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा विश्वविद्यालयमा कार्यरत विभिन्न तहका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायत उपस्थित महानुभावहरुले नवनियुक्त उपकुलपति प्रा. डा. गौतमलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए।

    images
    मंगलवार, बैशाख २५ २०८१०७:४१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार