Oct 02 2026 | २०८३, आश्विन १६ गते

बङ्गलादेश सरकारले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई समेत भर्ना दिने

बङ्गलादेश सरकारले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई समेत भर्ना दिने

  • 595
    SHARES

  • बङ्गलादेश सरकारले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई समेत भर्ना दिने

    जेठ, ९ गते । बङ्गलादेश सरकारले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई समेत भर्ना दिने भएको छ। अन्तिम सूचीमा छुटेका ८ जनालाई समेत बङ्गलादेश सरकारले भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो।

    बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो। तर, अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो।

    यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । सो सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय गरेको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको शिक्षा मन्त्रबीको निजी सचिवालयले जनाएको छ।

    मन्त्री श्रेष्ठले आज सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद समेत गरेको सचिवालयले जनाएकोछ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार