Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता सम्पन्न

  • 1.1K
    SHARES

  • काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता सम्पन्न

    जेठ, ३० गते काठमाडौं । काठमाडौ बर्नहार्ट कलेजले आयोजना गरेको एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। जेठ २९ र ३० दुईदिन सम्म चलेको उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    20210903214024_IMG_9943~2.JPG

    प्रतियोगितामा छात्रा (Girls) तर्फ रेडियन्ट स्कुलका विद्यार्थीले प्रथम स्थान हात परेका छन र छात्र (Boys) तर्फ काठमाडौ बर्नहार्ट स्कुलकै विद्यार्थीहरुले पहिलो स्थान हात पारे। त्यसैगरी प्रतियोगितामा छात्रा (Girls) तर्फ TIVS (टिभ्स) सेकेन्डरी स्कुल र छात्र (Boys) तर्फ मनास्लु वर्ल्ड स्कुल/ कलेजका विद्यार्थीहरुले द्वितीय स्थान हात पारे।

    20210903213615_IMG_9921.JPG

    प्रतियोगितामा छात्रातर्फ प्रथम स्थान हात पार्ने टिमले रु ७ हजार र द्वितीय स्थान हात पार्ने टिमले रु ४ हजार नगत सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन्। त्यसैगरी छात्रतर्फ प्रथम स्थान हात पार्ने टिमले रु १० हजार र द्वितीय स्थान हात पार्ने टिमले रु ५ हजार नगत सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए। त्यसैगरी बेस्ट प्लेयर Boys तर्फ काठमाडौ बर्नहार्ट टिमका लक्की महर्जन र Girls तर्फ रेडिएन्ट सेकेन्डरी सकुलकी दिब्यानी शाहले प्राप्त गरिन ।

    20210903213430_IMG_9914.JPG

    पुरस्कार वितरण कार्यक्रम पश्चात् खेलाडी विद्यार्थीहरुलाई सम्बोधन गर्दै काठमाडौ बर्नहार्ट स्कुल/कलेजका अध्यक्ष भुपेस छत्कुलिले कक्षा ११ मा भर्ना हुन आउने पहिलो ५ जना खेलाडी विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाउने घोषणा गर्नुभयो। एसईई टुर्नामेन्ट खेलेका पहिले भर्ना हुन आउने ५ जना छात्रा र छात्रलाई छात्रवृत्ति दिएर पढाउने छत्कुलिले बताउनुभयो ।

    20210903213707_IMG_9931.JPG

    त्यसैगरी कार्यक्रममा प्राचार्य अमृत बाबू भट्टले बर्नहार्टले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा उल्लेख्य प्रगती गरेको भन्दै कक्षा ११ मा भर्नाहुन आउने खेलाडी विद्यार्थीहरु सबैलाई सहुलियत रुपमा पढाउन तयार रहेको बताउनुभयो।

    20210903213646_IMG_9928.JPG

    प्रतियोगिताको समापन कार्यक्रममा कलेजका सल्लाहकार नारायण प्रसाद चापागाईं, डाइरेक्टर राम बहादुर थापा, काउन्सिलिङ इन्चार्ज संजय थापा, कलेजका कोर्डिनेटर लगाएत शिक्षक कर्मचारिहरुको उपस्थिति रहेको थियो।

    20210903213116_IMG_9900.JPG

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित आयोजना गरेको उक्त प्रतियोगितामा छात्रतर्फ १६ टिम र छात्रातर्फ ६ टिम सहभागी रहेका थिए। भने छात्रहरु (Boys) तर्फको खेलहरु लिककम नकआउट र छात्राहरु (Girls) तर्फको खेलहरु राउन्ड रोबिनको आधारमा खेलाइएका थिए ।

    20210903205306_IMG_9862.JPG

    20210903212916_IMG_9892.JPG20210903205238_IMG_9860.JPG20210903205648_IMG_9871.JPG20210903185144_IMG_9828.JPG20210903180029_IMG_9807.JPG20210903185017_IMG_9823.JPG

    images
    बुधवार, जेठ ३० २०८१०६:१६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार