Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि विश्वविद्यालयको दिक्षान्तमा हजार ५९ विद्यार्थी दीक्षित, स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री

कृषि विश्वविद्यालयको दिक्षान्तमा हजार ५९ विद्यार्थी दीक्षित, स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री

  • 478
    SHARES

  • कृषि विश्वविद्यालयको दिक्षान्तमा हजार ५९ विद्यार्थी दीक्षित, स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री

    असार, ५ गते चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

    दिक्षित हुनेमा स्नातक तह कृषि संकायतर्फ ५६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका १५७ जना गति जम्मा ७९८ जना विद्यार्थी दीक्षित भएका छन् । र स्नातकोत्तरतर्फ कृषिका १२३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी २५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित हुने नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् ।

    FB_IMG_1718639064243.jpg

    दिक्षान्त समारोहला अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड' ले शैक्षिक गुणस्तर वृद्धि गरेर युवापुस्तालाई स्वदेशमै वस्ने अवसर सिर्जना गर्नुपर्ने वताउनुभयो।

    देशभित्र भविष्य देखने सकारात्मक सोचका साथ आफ्नै माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सिप नेपालको दिगो विकासमा लगाउनुपर्ने आवश्यकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    FB_IMG_1718641356618.jpg

    प्रधानमन्त्रीले विश्वविद्यालयबाट प्राप्त ज्ञान सदुपयोग गर्दै यसलाई आफ्नै देश विकासमा लगाउन विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले प्राविधिक शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्ने धारणा पनि राख्नुभयो। प्राविधिक विश्वविद्यालयले अनुसन्धानमार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र श्रोत साधन स्वर्चिनुपर्ने आवश्यकता औल्याउँदै उहाँले आवश्यकता अनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन गर्न पनि सुझाव दिनुभयो।

    दिक्षान्त समारोहमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । दिक्षान्त समारोहको अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।

    images
    मंगलवार, आषाढ ४ २०८१०८:४९:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार