शुक्रवार, आषाढ ७ २०८१
असार, ७ गते काठमाडौं । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले आयोजना गरेको एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। दुईदिन सम्म चलेको उक्त प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुल/ कलेजका विद्यार्थीहरुले पहिलो स्थान हात पार्दै नगद रु. १० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। साथै टाइम आउट क्लबका विद्यार्थीहरुले द्वितीय स्थान सहित रु ५ हजार र ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। खेलमा मनास्लु वर्ल्ड स्कुलकै शृजित शाहले बेस्ट प्लेयर अवार्ड प्राप्त गरे

बास्केटबल प्रतियोगिता एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित आयोजना गरिएको उक्त प्रतियोगितामा २० वटा टिम सहभागी रहेको थियो।

खेल दुई दिन असार ६ र ७ गतेसम्म कलेजको बास्केटबल मैदानमा भए । बास्केटबल प्रतियोगिताको पुरस्कार बितरण पश्चात् बोल्दै एकेडेमी डाइरेक्टर टंक गैरेले उत्कृष्ट खेलाडी हरुलाइ कक्षा ११ मा भर्नाहुदा छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो।

पुरस्कार बितरण कार्यक्रममा कलेजका +२ कोर्डिनेटर राजन श्रेष्ठ, फाइनान्स हेड राहुल लगाएत शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
