Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ पछि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै - नेशनल कलेज

कक्षा १२ पछि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै - नेशनल कलेज

  • 925
    SHARES

  • कक्षा १२ पछि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै - नेशनल कलेज

    असार, १० गते काठमाडौ । काठमाडौ विश्वविद्यालय स्कुल अफ आर्टस् अन्तर्गत विभिन्न विषयहरु अध्ययन अध्यापन गराउदै आएको सन् १९९६ मा स्थापना भएको नेशनल कलेज उच्च शिक्षाको लागि गन्तव्य बन्दै आएको छ। कक्षा १२ पछि उत्कृष्ट शिक्षाको अभावमा बाहिर जाने विद्यार्थीहरुको लागि मात्रै नभई यस कलेजमा बिदेशबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेका छन।

    काठमाडौको धुम्बाराहीमा अवस्थित नेशनल कलेजमा स्नातक तहमा Bachelor of Psychology (BPsych), Bachelor of Social Sciences (BoSS), Bachelor in Development Finance (BDFin) र Bachelor in Development Studies (BDevS) पठनपाठन गर्दै आएको छ। जसअनुसार Bachelor of Psychology ३५ र अन्यमा ३०/३० जनाको कोटा रहेको छ।

    FB_IMG_1719213026550.jpg

    Click here for Inquiry

    बिश्वब्यापी रुपमा माग हुने जनशक्ति उत्पादन गर्दै आएको यस कलेजका विद्यार्थीहरु अध्ययन अनुसन्धानका लागि विभिन्न देशहरुमा जाने गरेका छ्न्।

    नेशनल कलेजले Nepal-Japan Students Exchange (नेपाल-जापान विद्यार्थी आदानप्रदान) कार्यक्रम अन्तर्गत, वासेडा युनिभर्सिटी (Waseda University) र युनिभर्सिटी अफ सेक्रेड हार्ट (University of Sacred Heart) टोकियो र Hokkaido University जापानको संयुक्त पहलमा सन् २००६ देखि अभ्यास गर्दै आएको छ। जसअन्तर्गत हालसम्म २ सय ११ जना जापानी विद्यार्थी नेपालमा अध्ययन गर्न आएका र ८७ जना नेपाली विद्यार्थीहरुले जापान अध्ययन भ्रमण गरेका छन् ।

    त्यस्तै नेशनल कलेजले Netional institute for Advance Studies (NIAS) Bengluru र Tata Institute of Social Science मुम्बई संग पनि विद्यार्थी Exchange कार्यक्रम गरिरहेको छ। साथै Erasmus plus कार्यक्रम अन्तर्गत विद्यार्थीहरु Semester Exchange (सेमेस्टर आदनप्रदान) कार्यक्रममा सहभागी भएका छन। जस कार्यक्रममा सम्पुर्ण सेमेस्टरको अध्ययन गर्न युरोपियन विश्वविद्यालयहरुमा सहभागी हुन सक्नेछन।

    Cross Cultural Learning Environment अन्तर्गत काठमाडौं विश्वविद्यालयको सहजीकरणमा कन्फ्युसियस इन्स्टिच्युटमार्फत हालसम्म नेशनल कलेजका २१ जना विद्यार्थीले शिक्षण, सिकाइ र सांस्कृतिक आदानप्रदानका लागि चीन भ्रमण गर्ने अवसर पाएका छन् । साथै अमेरिकाको पल स्मिथ कलेजबाट पर्यटन र वातावरणमा अनुसन्धान गर्न नेशनल कलेजसँग सहकार्य गरेको र जसको माध्यमवाट १४ जना अमेरिकी विद्यार्थीहरु अध्ययन अनुसन्धानको लागि नेपाल भ्रमण गरिसकेका छन।

    नेशनल कलेजमा अन्तराष्ट्रिय विद्यार्थीहरू

    नेशनल कलेजलाई विश्वभरका धेरै विदेशी विद्यार्थीहरूले रोजेका छन्। जर्मनी, स्विट्जरल्याण्ड, र फिनल्याण्ड, अस्ट्रेलिया,बंगलादेश, भुटान, भारत, श्रीलंका, पाकिस्तान लगाएतका देशहरुबाट हाल सम्म 22 विद्यार्थीहरू दिक्षित भई सकेका छन भने । हाल ५ जना बिदेशी विद्यार्थीहरु अध्यायन गरिरहेका छन्।

    यसबाहेक कलेजले विगतका चार शैक्षिकशत्रहरूमा (२०१९ देखि २०२३) उत्कृष्ट अनुसन्धान प्रस्तावहरूको आधारमा स्वतन्त्र अनुसन्धान गतिविधिहरू सञ्चालन गर्ने ८८ विद्यार्थीहरूलाई अनुसन्धान अनुदान र आर्थिक सहायता प्रदान गरेको छ।

    नेशनल कलेजका विद्यार्थीहरूले विभिन्न संस्था, सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलहरूको व्यावहारिक सिकाइ अनुभवको लागि देश भित्र र बाहिरका स्थानहरुमा भ्रमण गर्ने गर्दछन्।

    पढाई हुने बिषयहरु

    Polish_20240624_203718738.png

    विकास अध्ययनमा स्नातक (Bachelor in Development Studies)

    दिगो विकासका जटिलताहरू अन्वेषण गर्दै सामाजिक, आर्थिक र वातावरणीय मुद्दाहरूमा अध्ययन अनुसन्धान गर्दछ। यस कार्यक्रमले सामुदायिक विकास, परियोजना व्यवस्थापन, र सार्वजनिक नीतिको विस्तृत बुझाइ प्रदान गर्दछ।

    विकास वित्तमा स्नातक (Bachelor in Development Finance)

    यसमा बित्तिय अर्थशास्त्र , ब्यबस्थापन र बिकास अनुसन्धान पाठ्यक्रमको बारे अध्यापन गरिन्छ। यस पाठ्यक्रमले आर्थिक सिद्धान्त, व्यावहारिक वित्तीय सीपहरू, वित्तीय योजना, बजेट, र मौद्रिक नीतिहरुको बारे पठनपाठन गर्ने गर्दछ।

    सामाजिक विज्ञानमा स्नातक (Bachelor of Social Sciences)

    यस अन्तर्गत समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशात्र, संस्कृति र सार्वजनिक नीति तथा अन्तराष्ट्रिय सम्बन्धमा अध्ययन अध्यापन गरिन्छ। यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक, आर्थिक तथा राजनितिक विषयबस्तुहरुलाई अनुसन्धानात्मक विधिबाट अध्यापन गराई सामाजिक गतिशीलता तथा मानव व्यवाहार बुझ्न मद्दत गर्दछ।

    मनोविज्ञानको स्नातक (Bachelor of Psychology)

    यस बिषयले मानव मस्तिष्क र व्यवहार बारे अन्वेषण गर्दछ। यसले मनोवैज्ञानिक सिद्धान्तहरू अनुसन्धान विधिहरूबारे जानकारि दिदै ब्यक्तिगत सामाजिक तथा व्यावसायिक मनोविज्ञान अनुसार सहजीकरण गर्न विद्यार्थीहरूलाई परामर्श, अनुसन्धान वा थप अध्ययनमा प्रेरित गर्दछ।

    छात्रवृत्ति

    नेशनल कलेजले विभिन्न प्रकारका छात्रवृत्ति योजनाहरू प्रदान गर्दछ।

    • KAS (Konrad Adenauer Foundation) छात्रवृत्ति

    • SAF मदनजीत सिंह छात्रवृत्ति

    • सेमेस्टर-टपर छात्रवृत्ति

    • आवश्यक र मेहनती छात्रवृत्ति

    • विशेष छात्रवृत्ति

    नेशनल कलेजको बृहत् उद्देश्य भनेको गुणस्तरीय शिक्षा मार्फत सक्षम योग्य जनशक्ति निर्माण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासमा योगदान पुर्‍याउनु हो।

    images
    सोमवार, आषाढ १० २०८१०९:३३:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार