Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यका लागि आवेदन खुल्यो।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यका लागि आवेदन खुल्यो।

  • 585
    SHARES

  • नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यका लागि आवेदन खुल्यो।

    असार, १६ गते काठमाडौ । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यका लागि आवेदन खुलेको छ।

    विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिवाट मिति २०८१ असार ६ मा स्वीकृत "नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिस सम्बन्धी कार्यावधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको हो।

    इच्छुक तथा योग्य व्यक्तिले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट: www.moest.gov.np मा दिइएको लिङ्कमा गई माग गरिएको विवरण भरी र तोकिएका कागजात अपलोड गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरिएको छ।

    दरखास्त पेस गर्दा दिएको लिङ्कमा गई अनिवार्य रूपमा अनलाइन दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।

    Screenshot_20240630-070056~3.png

    images
    आइतवार, आषाढ १६ २०८१०९:३६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार