आइतवार, आषाढ २३ २०८१
असार, २३ गते काठमाडौ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुका पदाधिकारीले आफ्ना विभिन्न माग पूरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यसअघि विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेपछि शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापक आइतबारदेखि अध्यापन छाडेर केन्द्रीय कार्यालयको ढोकामा धर्नामा बसेका छन् ।