सोमवार, आषाढ २४ २०८१
असार, २४ गते काठमाडौ । नेपाल खुला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत Bachelor of Laws (LLB) ३ वर्षे स्नातकतह कार्यक्रममा बर्षे प्रणाली अन्तर्गत शैक्षिक सत्र २०८०/०८१ का लागि प्रथम बर्षमा भर्ना आवेदन खुलेको छ।
आवेदकहरूले विश्वविद्यालयको वेवसाइट https://www.nou.edu.np/ मा रहेको Student Panel मा गई Entrance Portal मार्फत Online भर्ना आवेदन फारम भर्नु पर्नेछ। भर्ना आवेदन दिन न्यूनतम शैक्षिक योग्यता जुनसुकै विषयमा ३ वर्षे स्नातकतह उत्तीर्णगरेको हुनुपर्नेछ ।
आवेदन फारम पेश गर्ने अन्तिम मिति २०८१ श्रावण २२ गते सम्म रहेको छ। प्रवेश परीक्षा २०८१ भाद्र १ गते, शनिवार (17 August 2024) विहान ८ः३० बजे संचालन हुनेछन् । प्रवेश परीक्षा Online माध्यम बाट संचालन हुनेछ ।
आवेदन शुल्क रु.एक हजार मात्र लाग्नेछ उक्त आवेदन शुल्क बापतको रकम नेपाल खुला विश्वविद्यालयको नाममा NEPAL KHULLA BISHWOBIDHYALAYA (Nepal Open University) ग्लोवल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ००५०१०१००००५०२ मा जम्मा गरी सी बैंक भौचरमा आवेदकको नाम अनिवार्य उल्लेखगरी Scan गरेर आवेदन साथ Upload गर्नुपर्नेछ ।
