Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सनद्वारा आयोजित काठमाडौ जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न: अर्किडलाई पहिलो पुरस्कार।

नेशनल प्याब्सनद्वारा आयोजित काठमाडौ जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न: अर्किडलाई पहिलो पुरस्कार।

  • 745
    SHARES

  • नेशनल प्याब्सनद्वारा आयोजित काठमाडौ जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न: अर्किडलाई पहिलो पुरस्कार।

    असार, ३० गते काठमाडौ । नेशनल प्याब्सन काठमाडौ जिल्लाको आयोजना र गोकर्णेश्वर नगर समितिको संयोजनमा आयोजित २११औं भानु जयन्तिको अवसरमा कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको लर्ड्स् लाइट एकेडमिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।

    20211004185752_IMG_1368.JPG

    गोकर्णेश्वर नगरपालिका अध्यक्ष निराजन आचार्यको सभापतित्वमा र नगरपालिका प्रमुख दिपक रिसालको प्रमुख अतिथ्यतामा बिशेष अतिथी नेशनल प्याब्सन अध्यक्ष सुवास न्यौपाने, काठमाडौ जिल्ला अध्यक्ष अमृतकुमार खड्का, उपाध्यक्ष होम बहादुर अधिकारी, प्रेम कुमार भुजेल, नारायणबाबू तिमल्सिना, सचिव रामबाबु सेडाइ, कोषाध्यक्ष टंक थापा, सहसचिव शिवराम गिरि, रहनुभयो। साथै कार्यक्रममा विभिन्न बिद्यालयहरुको प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

    20211004203820_IMG_1458~2.JPG

    कविता प्रतियोगितामा निर्णायक मण्डलको रुपमा सहित्यबाबाटिका नेपालका संयोजक कवि बलराम दाहाल, दियालो साहित्य सर्गमका उपाध्यक्ष कवि गणेश खतिवडा, कवि राजेन्द्र घिमिरे सागरको उपस्थिति रहेको थियो।

    20211004192149_IMG_1393.JPG

    कविता प्रतियोगिता कार्यक्रममा नेशनल प्याब्सन सम्बन्ध ३४ बिद्यालको उपस्थिति रहेको थियो। जसमध्ये प्रथम पुरस्कार अर्किड प्युपिल माध्यमिक बिधालयकि करुणा पाण्डेले पहिलो स्थान हात पार्दै नगद रु ५००० सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रप्त गरेकी छिन। त्यस्तै द्वितीय पुरस्कार चेल्सि वर्ल्ड स्कुल प्रायस पोख्रेलले नगद रु. ३००० सहित मेडल, ट्रफि , प्रमाणपत्र, तृतीय पुरस्कार इन्टरनेसनल जोसेफ स्कुलकि सुरक्षा गुरुङ्गले नगद रु २००० सहित मेडल, ट्र्फि र प्रमाणपत्र प्राप्त गरेकी छन। त्यसैगरी प्रोत्साहन पुरस्कार दर्शना स्कुल र जुगल नवगुरुकुल स्कुलकि रिद्धि पौडेल र उपासना लामिछाने मेडल ट्रफि र प्रमाणपत्र हात पारिन।

    FB_IMG_1720879756096.jpg

    कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले भानुजयन्तीलाई नेपाली भाषा र साहित्यको उत्सवको रूपमा मानाउनुपर्ने भन्दै नेपाली भाषा साहित्य, संस्कृति, रीतिरिवाज, मूल्य मान्यतालाई भावनात्मक रूपमा जोड्ने नेपाली भाषीका एकताका प्रतीक राष्ट्रिय विभूतिका विभूति, राष्ट्रिय गौरव आदिकवि भानुभक्तको सम्झनामा श्रद्धा सुमन प्रकट गर्नुभयो।

    FB_IMG_1720887820013.jpg

    अध्यक्ष न्यौपानेले उक्त कार्यक्रमले विद्यार्थीहरुमा सिर्जनात्मक क्षमताको बिकास हुनुका साथै नेपाली भाषा साहित्यप्रतिको लगाव बढ्ने बताउनुभयो। साथै प्रतियोगितामा पुरस्कार पाउने र सहभागी हुने विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई दिनुभयो।

    20211004191356_IMG_1377.JPG

    उक्त कार्यक्रममा नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृतकुमार खड्काले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासको लागि र नेपाली भाषा साहित्यको उत्थनको लागि कविता प्रतियोगिता आयोजना गरेको बताउनुभयो। यस्ता प्रतियोगिताहरुले विद्यार्थीको सिर्जनात्मक क्षमतामा बिकास हुनुका साथै भाषाप्रतिको मोह जाग्ने बताउनुभयो।

    FB_IMG_1720887810029.jpg

    भानुजयन्ती नेपाल बाहिरका देशहरूमा पनि मनाउने गरिन्छ। हङकङ्ग, बर्मा, थाइल्याण्ड, भुटान, भारतको आसाम, दाजर्लिङ, सिक्किम, साथै अमेरिका, युरोपमा पनि मनाइन्छ । उनका साहित्यिक सिर्जना र भाषागत योगदानले भानु आज पनि नेपाली भाषीबिच उत्तिकै सशक्त ज्युदा छन् भन्न सकिन्छ ।

    20211004203809_IMG_1455.JPG

    उहाँका कृति रामायण, बधूशिक्षा, भक्तिमाला, प्रश्नोत्तरमाला, रामगीता आज पनि नेपाली जनजिब्रोमा त्यत्तिकै लोकप्रिय छन् । साथै भाषागत संवेदनशीलता, सरलता, मौलिकता, लालित्ययता सबै खालका काव्यगत विशेषताहरू उनको लेखमा पाइन्छ ।

    20211004204617_IMG_1465.JPG20211004201811_IMG_1441.JPG

    images
    आइतवार, आषाढ ३० २०८१०९:३५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार