Jul 27 2026 | २०८३, श्रावण ११ गते

पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा भर्नाको लागि अनलाइन आवेदन खुला।

पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा भर्नाको लागि अनलाइन आवेदन खुला।

  • 1.2K
    SHARES

  • पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा भर्नाको लागि अनलाइन आवेदन खुला।

    साउन, २ गते काठमाडौ। पूर्वाञ्चल विश्वविद्यालयले इञ्जिनियरिङ संकाय स्नातक तहका शैक्षिक कार्यक्रमहरूकोप्रवेश परीक्षाको अनलाईन आवेदन फाराम खुला गरेको छ।

    विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तगर्तका आंगिक एवं सम्बन्धन प्राप्त स्कूल, क्याम्पस र कलेजहरूमा सञ्चालित इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहका BE (Civil, Computer, Electronics Communication & Automation, Electrical, Geomatic, Biomedical) Bachelor in Architecture शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/८२ (सन् २०२४) मा नयाँ भर्नाको प्रवेश परीक्षाका लागि अनलाईन आवेदन फाराम खुला गरेको हो।

    विश्वविद्यालयद्वारा तोकिएको न्यूनतम् शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनौट गरी Online फारामको विवरण भरी सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरू र पासपोर्ट साइजको Color फोटोको Scan Copy समेत Attach गरी तीकिए‌को दस्तुर सहित सम्बन्धित संकायमा Online Payment मार्फत् आवेदन फाराम भर्ने व्यवस्था मिलाइएको छ।

    नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा सम्बन्धित निकाय संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्रको Scan Copy अनिवार्य रूपले Attach गर्नु पर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

    इच्छुक परीक्षार्थीहरूले भर्ना हुन चाहेको स्कूल क्याम्पस कलेजहरू छनौट गरी Online मार्फत प्रवेश परीक्षा फाराम भरेपछि तोकिएको दस्तुर तिरी मिति २०८१ साउन ३२ गतेसम्म नियमित र विलम्ब दस्तुर तिरी मिति २०८१ भदौ ३ गतेसम्म आवश्यक कागजातहरूको सक्कल प्रतिको Scanned Copy Attach गरि JPEG/JPG/PNG Format मा Upload गर्नु पर्नेछ।

    साथै ONLINE आवेदनका लागि विश्वविद्यालयको Website- www.pufoe.edu.np, वा htps://entrance.puexam.edu.np मा गएर भर्न सकिने छ। साथै प्रवेश परीक्षा २०८१ भदौ ८ गते, विउँसो २ बजे देखि ४ बजेसम्म संचालन हुने छन।  परीक्षा केन्द्र पछि प्रकाशित गरिने विश्वविद्यालयले जानकारी दिएको छ।

    स्कूल/ज्याम्पस/कलेजहरूले Online मार्फत् आवेदन गरेका विद्यार्थीहरूको बाबश्यक कागजात र परीक्षा आवेदन शुल्क अनिवार्य रूपमा तोकिएको समयभित्र Online (Verify) गर्नु पर्नेछ। अन्यथा नियमानुसार तोकिएको शुल्क तथा आवश्यक कागजातहरू UPLOAD नगर्ने विद्यार्थीहरूको फाराम स्वीकृत हुने छैन।

    पुर्वाञ्चल विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी विनियमावली २०७८ (संशोधन २०८०) बमोजिम ७ विश्वविद्यालयबाट १० प्रतिशत (५ प्रतिशत जेहेन्दार र ५ प्रतिशत बारक्षित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको तथा आरक्षित छात्रवृत्तिका लागि आवेदन गर्न निम्न अनुसारको व्यवस्था रहेको छ।

    आरक्षित समूहमा आवेदन फाराम भर्ने विद्यार्थीहरूले आफुले भर्न चाहेको आरक्षित समूहमा अनिवार्य रूपले (✓) चिन्ह लगाउनु पर्नेछ। साथै, छात्रवृत्ति सम्बन्धी विनियमावली २०७८ (संशोधन २०८०) मा उल्लेख भए बमोजिमका आवश्यक सम्पूर्ण सक्कल कागजातहरूको स्क्यान Copy अनिवार्य रूपले JPEG/JPG /PNG Format मा Upload गर्नु पर्नेछ।

    कक्षा १२ को परीक्षामा सहभागी भई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले समेत कक्षा ११ उतिर्ण गरेको Grade sheet/Mark Sheet समेत Attached गरी आवेदन फारम भर्न सक्ने छन्। तर छात्रवृक्तिको हकमा आवश्यक सम्पूर्ण कागजात आवेदन फारम भर्ने अन्तिम मिति सम्म Upload गरिसक्नु पर्ने छ।

    ONLINE फाराम भर्ने सम्बन्धी विस्तृत जानकारी पूवि इन्जिनियरिङ्ग संकायको वेबसाईट www.pufoe.edu.np बाट प्राप्त गर्न सकिनेछ साथै केही थप जानकारी आवश्यक भएमा प्रवेश परीक्षा समितिको Email ID: entrance.support@pufoe.edu.np मा सम्पर्क राख्न सकिनेछ।

    Polish_20240717_084307206.png

    images
    बुधवार, श्रावण २ २०८१०८:४६:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार