Jul 27 2026 | २०८३, श्रावण ११ गते

ज्ञानोदय माद्यामिक विद्यालयले गर्यो एसईई सम्मान तथा कक्षा ११ मा भर्नाहुने नयाँ विद्यार्थीलाई अभिमुखिकरण

ज्ञानोदय माद्यामिक विद्यालयले गर्यो एसईई सम्मान तथा कक्षा ११ मा भर्नाहुने नयाँ विद्यार्थीलाई अभिमुखिकरण

  • 1.8K
    SHARES

  • ज्ञानोदय माद्यामिक विद्यालयले गर्यो एसईई सम्मान तथा कक्षा ११ मा भर्नाहुने नयाँ विद्यार्थीलाई अभिमुखिकरण

    साउन, ४ गते काठमाडौ । ज्ञानोदय माद्यामिक विद्यालयले गर्यो एसईई २०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको छ। शुक्रवार एक भव्य कार्यक्रमका बीच बिद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो।

    20211010212616_IMG_1743~2.JPG

    बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रामबाबु कोइरालाको सभापतित्वमा र प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा रहनुभयो। साथै कार्यक्रममा बिशेष अतिथिको रुपमा जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी, बिद्यालका प्रधानाध्यापक बिष्णु घिमिरे रिमाल, ब्यबस्थापन समिती सदस्य तारानाथ भण्डारी, रामेश्वर गौतम, प्रकाश काफ्ले, शिक्षक अभिभावक संघका अध्यक्ष देवाकर भट्टराई लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    20211010233850_IMG_1895.JPG

    देशकै नमुना सामुदायिक विद्यालय ज्ञानोदय माद्यामिक विद्यालयमा कुल विद्यार्थीमध्य तीन जना विद्यार्थीले ४ जिपिए, १५६ जना A+ , १५३ जना विद्यार्थी A र ७५ जना विद्यार्थीले B+ जिपिए ल्याएर उत्तीर्ण गरेका थिए। जसमध्ये जिपिए ४ ल्याउने श्रेयशी राउत, कुशल पोख्रेल र सुशान्त पराजुलीलाई ज्ञानोदय प्रतिभा पुरस्कार बितरण गरिएको थियो।

    20211010221448_IMG_1798.JPG

    साथै उक्त कार्यक्रममा कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरेको थियो। उक्त कार्यक्रममामा बोल्दै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ज्ञानोदय मा.वी देशकै उत्कृष्ट भएकोले विद्यार्थीहरुको रोजाइमा रहेको बताउनुभयो।

    https://www.facebook.com/share/v/7spJ1pVndgoDV8R1/?mibextid=oFDknk

    एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिदै सर्माले भन्नुभएको, कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई एसईई र कक्षा १२ को नतिजाले ज्ञानोदयलाई स्थापित गरेको छ। त्यसकारण ज्ञानोदय विद्यार्थीको उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो। साथै विद्यार्थीहरुलाई बिषय रोज्ने सवालमा हरेक बिषय उत्तिकै महत्वपुर्ण रहेको तर आफुले पढेको बिषयमा अब्बल हुनुपर्ने शर्माले बताउनुभयो।

    20211010221943_IMG_1822.JPG

    त्यस्तै कार्यक्रममा बोल्दै बिशेष अतिथी तथा समन्वय इकाइ प्रमुख बिचारी प्रसाद अधिकारिले विद्यार्थीहरुले ज्ञानोदय रोज्नुपर्ने कारण यहाँको शैक्षिक वातावरण र यसको नतिजा भएको उहाँले भन्नुभयो। साथै ज्ञानोदयमा भर्नाको लागी विद्यार्थीहरुले फोन गर्ने र अफिसमै आएर समेत अनुरोध गरेको अनुभुति सुनाउनुभयो।

    20211010230442_IMG_1864.JPG

    देशैभरका सामुदायिक बिद्यालय मध्य केही सामुदायिक बिद्यालयले अत्यन्तै राम्रो गरेको बताउँदै अधिकारिले ज्ञानोदयको कारण राष्ट्रिय कार्यक्रमहरुमा गर्व गर्ने अवसर प्राप्त गरेका बताउनुभयो। त्यसको लागि प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन, शिक्षक अभिभावकहरुलाई बधाई दिनुभयो।

    20211010221508_IMG_1802.JPG

    कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक बिष्णु घिमिरे रिमालले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थी तथा सबै उत्तीर्ण विद्यार्थीहरुलाई आगामी भविस्यको शुभकामना दिदै , कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। नयाँ भर्ना हुने विद्यार्थीहरुलाई कक्षा ११ र १२ म पढ्ने बिषय प्रती अलमल नहुनुस बरु शिक्षकसँग सहयोग माग्नुस् हामी बिषय छान्ने बिषयमा समेत सहयोग गर्नेछौ प्रधानध्यापक घिमिरेले भन्नुभयो।

    20211010225821_IMG_1857~2.JPG

    सथै बिद्यालयका कक्षा कोठाहरु र प्रयोगात्मक कोठाहरुलाई पुर्ण रुपमा प्रयोग गरे विद्यार्थीहरु असफल नहुने भन्दै शैक्षिक वातावरण प्रदान गर्न बिद्यालय तयार रहेको प्र.अ. घिमिरेले बताउनुभयो।

    20211010221533_IMG_1809.JPG

    अभिमुखिकरण कार्यक्रममा बिज्ञान कोर्डिनेटर प्रेम खडका र ब्यबस्थापन तथा कानुन संकाय हेर्ने सह प्रधानाध्यापक बिष्णुप्रसाद ज्ञावालीले साउन ९ गते देखि नियमित पठनपाठन शुरु गर्ने जानकारी दिदै पढ्ने बिषयको बारेमा विद्यार्थीहरुलाई अवगत गर्नुभयो।

    20211010223423_IMG_1849.JPG20211010223956_IMG_1855.JPG

    उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिती सदस्य सीता महर्जन, कृष्णहरि कोइराला, रामेश्वर गौतम, तारा भन्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष देवाकर भट्टराई लगाएतले सम्पुर्ण एसईई दिने विद्यार्थीहरुलाई बधाइ दिदै ज्ञानोदय मा.वी शैक्षिक हब भएको भन्दै केही समस्या आए मिलेर समाधान गर्ने बताउनुभयो।

    20211010215934_IMG_1792.JPG

    उक्त कार्यक्रमको अन्त्यमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति रामबाबु कोइरालाले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ दिदै नयाँ भर्ना हुने विद्यार्थीलाई स्वागत गर्नुभयो। साथै बिद्यालयमा असहज परिस्थिती भएमा बिद्यालय व्यवस्थापन समिती जिम्मा लिन तयार रहेको बताउनुभयो।

    20211010232234_IMG_1877.JPG

    ज्ञानोदय माद्यामिक विद्यालयको कक्षा ११ को विद्यार्थीहरुको पठनपाठन साउन ९ गतेदेखि शुरु गर्नेभएको छ।

    किन ज्ञानोदय रोज्ने?

    20211010233837_IMG_1892.JPG

    सानो ठाउँमा धेरै कक्षाकोठा भएको धेरै विद्यार्थीलाई पढाउन सफल भएको नमुना माद्यामिक विद्यालय हो। बिद्यालयमा ४७ सय भन्दा बढी विद्यार्थीहरु रहेका छन। ब्यबस्थापन समितिले बिद्यालय प्रति गरेको माया बिद्यालय प्र.अ.को नेतृत्व र शिक्षकहरुको मिहेनतले बिद्यालय देशैभरिको नमुनाको रुपमा रहेको छ।

    यस बिद्यालयमा सिमित स्रोत र साधनको अत्यधिक प्रयोग गरेर प्राबिधिक धार तर्फ सिभिल इन्जिनियरिङ समेत पढाइ हुने गरेको छ।

    20211010213624_IMG_1771.JPG20211010233022_IMG_1888.JPG20211010235831_IMG_1911.JPG20211010235508_IMG_1908.JPG20211010234700_IMG_1902.JPG20211010233749_IMG_1889.JPG20211010232713_IMG_1882~2.JPG

    images
    शनिवार, श्रावण ५ २०८११०:०९:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार