बिहिवार, श्रावण १० २०८१
साउन, १० काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको सेमेस्टर परीक्षाहरूको आवेदन फाराम खुला गरेको छ ।सिटिइभिटिका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा तहको परीक्षा आवेदन फाराम खुला गरेको हो ।
इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरू भदौ/असोज महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले यही साउन २४ गतेभित्र नियमित शुल्कमा र साउन ३१ गतेभित्र विलम्ब शुल्कमा बुझाउनु पर्ने छ।
त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न) अन्तर्गत डिप्लोमा इन सिभिल, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल, जियोमेटिक्स, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डको नियमित / आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले आवेदन फाराम भर्नु भनिएको छ ।
साथै शैक्षिकसत्र २०७५/७६ दिल्ली ITMS Online बाट रजिस्ट्रेसन भएका सम्पुर्ण कार्यक्रमका परिक्षार्थिहरुको नियमित/आंसिक परीक्षा आवेदन फारम ITMS Online बाट शिक्षालयले आफ्नो User बाट Login गरि नियमितका लागि सेतो र आंसिकका लागि पहेलो A4 साइजको पेपरमा प्रिन्ट गरि परिक्षार्थिहरुलाइ बितरण गर्नुपर्नेछ।
