Jul 27 2026 | २०८३, श्रावण ११ गते

पेट्सानद्वारा एसईई २०८०मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

पेट्सानद्वारा एसईई २०८०मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

  • 529
    SHARES

  • पेट्सानद्वारा एसईई २०८०मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

    साउन, १३ गते काठमाडौ । सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपाल (Public Education Trust Schools' Nepal/ पेट्सान) ले एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। शनिवार सिद्धार्थ बनस्थली स्कुलमा एक कार्यक्रमका बिच पेट्सानका सदस्य बिद्यालयहरु मध्यबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो।

    20211018191204_IMG_2056.JPG

    सम्मान कार्यक्रम सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालका राष्ट्रिय अध्यक्ष दिनेश पौडेलको सभापतित्वमा र शिक्षा, स्वास्थ्य तथा बिज्ञान प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख रहनुभयो। साथै विशेष अतिथिको रुपमा वरिष्ठ उपाध्यक्ष रमेश महर्जन, मेघराज दुलाल लगाएत पदाधिकारी, केन्द्रिय समितिका सदस्य, विभिन्न बिद्यालयका प्राचार्य, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    20211018202452_IMG_2259.JPG

    कार्यक्रममा देशैभरीबाट सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालका सदस्य बिद्यालयहरुका ४ जिपिए ल्याउने साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रमाण दिएर सम्मान गरेका थिए। साथै कार्यक्रममा उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेको छ।

    20211018202250_IMG_2245.JPG

    उक्त कार्यक्रमम सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालका राष्ट्रिय अध्यक्ष दिनेश पौडेलले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा बिद्यालयहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नुभयो। साथै उहाँले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित बिद्यालयहरुको समस्या र समाधानबारे प्रमुख अथिथी तथा शिक्षा समितिका सभापति अम्मर बहादुर थापालाई अवगत गराउनुभयो। सार्वजनिक गुठिमा दर्ता भएका शिक्षालयहरु सेवा गर्नको लागि खुलेका हुन्। अध्यक्ष पौडेलले सार्वजनिक गुठिमा दर्ता भएका बिद्यालयहरुमा राज्यले लगानी गर्नुपर्नेमा उल्टै अस्वभाविक कर थुपारिएको बताउनुभयो । त्यस्तै उहाँले अब सबै बिद्यालयहरु गुठिमा लैजानुपर्ने धारणा समेत व्यक्त गर्नुभयो।

    20211018192226_IMG_2071.JPG

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा शिक्षा, स्वास्थ्य तथा बिज्ञान प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका बिद्यालयहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै सेवामुलक भावले खोलेका बिद्यालयहरुको मागहरु प्रती सकारात्मक रहेको धारणा ब्यक्त गर्नुभयो। शिक्षा ब्यापारमुखी हुन नहुने भन्दै उहाँले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित बिद्यालयहरुमा लगानी गर्नु राज्यको दायित्व भएको समेत बताउनुभयो। साथै उहाँले यस बिषयमा सकारात्मक पहल थाल्ने आश्वासन दिनुभयो।  

    20211018192110_IMG_2065.JPG

    उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मेघराज दुलालले एसईईना उत्कृष्ट नतिजा हासिल गर्दै सम्मानित हुने र कक्षा ११ पढ्न पाउने सबै विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नुभयो।

    उक्त कार्यक्रम सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालका राष्ट्रिय सचिव सरोज न्यौपानेले संचालन गर्नुभयो।

    20211018195509_IMG_2120.JPG

    images
    आइतवार, श्रावण १३ २०८१०९:२५:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार