बिहिवार, श्रावण १७ २०८१
साउन, १७ गते काठमाडौ । एडमार्क एकेडमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण तथा मोटिभेशन कार्यक्रम गरेको छ। बुधबार बानेश्वरको अल्फा हाउसमा एक भब्य कार्यक्रमका बिच अभिमुखीखण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता एड-मार्क एकेडमीका अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभयो । साथै अतिथिको रुपमा एकेडमीका प्राचार्य शिवप्रसाद अधिकारी मोटिभेसन स्पिकर रविकिरण, गायिका रचना रिमाल, साहयक प्रिन्सिपल प्रकाश लम्साल लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम संचालन कोर्डिनेटर बलराम गैरेले गर्नुभयो।

अभिमुखिकरण कार्यक्रममा एडमार्क एकेडेमीका प्रिन्सिपल शिवप्रसाद अधिकारिले आफ्नो लक्ष र उदेश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुले कठिन मिहेनत गरेर मात्रै सार्थकता प्राप्त गर्न सकिने भन्दै त्यसो भए मात्रै अभिभावकहरुको सपना पूरा हुने बताउनुभयो। अधिकारिले भन्नुभयो, पढ्ने वातावरण हामी बनाउछौं तर विद्यार्थीहरुले मिहेनत गर्नुपर्छ ।

कार्यक्रममा मोटिभेटर स्पिकर रवि किरणले विद्यार्थीहरुलाई उत्प्रेरक भनाईहरु राख्दै सकारात्मक उर्जा प्रदान गर्नुभयो ।

त्यस्तै उक्त कार्यक्रममा गायिका रचना रिमालले विभिन्न गीत गाएर सांगीतिक प्रस्तुतिहरु दिनुभयो।

कार्यक्रमको अन्त्यमा सभापति पुरुसोत्तम अधिकारीले न्युनतम शुल्कमा उच्च शिक्षाको पहुच निर्माण गर्ने एड-मार्क कलेज उत्कृष्ट रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने बाताबरण बनाउनुपर्ने ठाउमा स्कुल/ कलेज कहि नचुक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

बि.सं. २०५६ मा स्थापना भएको एड- मार्क एकेडेमीले मन्टेश्वरी देखी स्नातकोत्तर तहहम्म अध्ययन अध्यापन गर्दै आएको छ। सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस एकेडमीले कक्षा ११ र १२ मा Science, Management, Humanities र Law संकायका सबै विषय अध्ययन अध्यापन गर्दछ भने स्नातक तहमा BBS, BA, BSW, र BCA तथा स्नातकोत्तर तहमा MBS बिषय अध्ययन अध्यापन गर्दै आएको छ।

एडमार्क एकेडेमी कलेजले कक्षा ११ को पठनपाठन साउन २० गते आइतबारदेखि संचालन गर्ने भएको छ।





