Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिविको निति कार्यक्रम रोक लगाएको बिरोधमा सात विद्यार्थी संगठनहरुले संघर्ष गर्ने।

त्रिविको निति कार्यक्रम रोक लगाएको बिरोधमा सात विद्यार्थी संगठनहरुले संघर्ष गर्ने।

  • 566
    SHARES

  • त्रिविको निति कार्यक्रम रोक लगाएको बिरोधमा सात विद्यार्थी संगठनहरुले संघर्ष गर्ने।

    साउन, २१ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको निति कार्यक्रम पेश गर्न नदिएको बिरोधमा सात विद्यार्थी संगठनहरुले संघर्ष गर्ने भएका छन। विश्वविद्यालय सभा (सिनेट) को बैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति आपत्ती जनाउदै सयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका हुन्

    अध्यक्ष अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष आरती लामा, अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र विश्वकर्मा, समाजबादी विद्यार्थी यूनियनका अध्यक्ष नेत्र चापाई, लगाएत सात विद्यार्थी संगठनहरुले एक बिज्ञपति जारी गर्दै प्रधानमन्त्रीको कदम विरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन्।

    बिज्ञप्तिमा भनिएको छ, 'नयाँ पदाधिकारीहरुको नियुक्ति सगै विश्वविद्यालय सुधारको उत्कट चाहना बोकेका लाखौं विद्यार्थीहरु र समग्र जनताको मनोभावनामा यस कदमले गम्भिर तुषारापात गरेको छ। भने प्रधानमन्त्री केपी ओलीको यो कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभाष भएको छ।

    त्यस्तै त्रिविको परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिकाहरु हराएको विषयमा गठित छानबिन समितिको प्रतिवेदन समेत कार्यान्वयन र दोशी उपर कारवाहि नगरिएको प्रती विद्यार्थीहरुले बिरोध जनाएका छन्।

    त्यसैगरी विद्यालय शिक्षा विधेयक २०८० को मुल मर्मलाई तोडमोड गरिएको र राज्यले यसलाई संसदबाट पास गर्न र लागु गर्न समेत चरम ढिलासुस्ती गरिरहेको छ भन्दै संयुक्त विद्यार्थी संगठनहरु विश्वविद्यालयमा भएको यस प्रकारको अशोभनिय राजनीतिक हस्तक्षेप र शिक्षा क्षेत्रका समस्याहरु केन्द्रीत पहिलो चरणका सघर्षका कार्यक्रमहरु घोषणा गदछौं बिज्ञप्तिमा जनाएको छ।

    यस्तो छन संघर्षका कार्यक्रमहरु

    १) २०६१ साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक क्याम्पसहरुमा संयुक्त विरोध व्यानर राख्ने ।

    २) २०८१ साउन २३ गते त्रिविका पदाधिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने ।

    ३) २०८१ साउन २८ गते विवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने ।

    पहिलो चरणका सघर्षका कार्यक्रमहरुपछि दोस्रो चरणका कार्यक्रमहरु घोषणा गरिने बिज्ञप्तिमा उल्लेख छ।

     

    यो पनि पढ्नुस्: त्रिवि सभाको  बैठक : प्रधानमन्त्रीले रोके नीति तथा कार्यक्रम ।

    यस्तो छ बिज्ञपति 

    FB_IMG_1722834456709.jpg

    images
    सोमवार, श्रावण २१ २०८१११:२६:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार