बिहिवार, श्रावण २४ २०८१
साउन, २४ गते काठमाडौ । सुदूरपश्चिम विश्वविद्यालयमा बिई/बिआर्क तहमा भर्नाका लागि आवेदन खुलेको छ। इन्जिनियरिङ सङ्काय, डीनको कार्यालयले एक सूचना जारी गर्दै बी.ई. (सिभिल, कम्प्युटर) र बी. आर्किटेक्चर कार्यक्रममा विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो।
सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ सङ्काय अन्तर्गत स्नातक तहमा बी.ई. (सिभिल, कम्प्युटर) र बी, आर्किटेक्चर शैक्षिक कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरिने भएकोले भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूबाट सुदूरपश्चिम विश्वविद्यालयको वेवसाइट www.fwu.edu.np मा Engineering Admission Open मा लगइन गरी आवेदन दिनसकिने छ।
विश्वविद्यालयले जारी गरेको सूचना अनुसर सिट सङ्ख्या, बी.ई. सिभिल कार्यक्रम ४८ (छात्रवृत्ति-२४, पूर्ण शुल्कीय-२४) र बी.ई. कम्प्युटर कार्यक्रम ४८ (छात्रवृत्ति-२४, पूर्ण शुल्कीय-२४) बी. आर्किटेक्चर ४८ (छात्रवृत्ति-२४, पूर्ण शुल्कीय-२४) रहेको छ।
आवेदन फाराम भर्ने मिति २००१ साउन २३ देखि २०८१भदौ २५ गतेसम्म रहेको छ। भर्नाको लागि प्रवेश परीक्षा मिति र समय २०८१ भदौ २९ गते बिहान १०:०० बजेदेखि संचालन हुने छ। प्रवेश परीक्षा सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ, केन्द्रीय क्याम्पस, महेन्द्रनगरमा हुने छन।
प्रवेश परीक्षा शुल्क रु. २,५००/- (अक्षरुपी दुई हजार पाँच सय मात्र) रकम FWU Department of Civil Engineering को नेपाल बैंक लिमिटेड महेन्द्रनगर शान्त्रामा रहेको चल्ती हि.नं. १५६००१०६५२६३४८०००००६ मा जम्मा गरी सक्कल बैंक भौचर अपलोड गर्नुपर्ने छ।
भर्ना आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट राष्ट्रिय परीक्षा बोर्डको माध्यमिक तहको कक्षा १२ वा इन्जिनियरिङ डिप्लोमा वा A Level वा सो सरहको परीक्षामा भौतिक शास्त्र, रसायन शास्त्र र गणित विषय लिई कुल पूर्णाङ्कको कम्तीमा ४५% वा लेटर ग्रेडिङ प्रणालीमा सीजीपीए २ (४ को स्केलमा) ल्याएको हुनुपर्ने। भौतिक शास्त्र, रसायन शास्त्र र गणित प्रत्येक विषयमा ४५ प्रतिशत वा लेटर ग्रेडिङ भएमा न्यूनतम C ग्रेड वा A Level भएमा कम्तीमा पनि D ग्रेड हुनुपर्ने र अन्य विषयको हकमा C ग्रेड नभए तापनि उत्तीर्ण भएका विद्यार्थीहरूले आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् ।
अनलाइन आवेदन फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरू:
• नेपाली नागरिकता प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको पूर्ण निधार देखिने Plain Background भएको रङ्गीन फोटो थान-१
• SEE वा सो सरहको परीक्षाको मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र
• १००२ वा सो सरहको परीक्षाको Transcript, प्रोभिजनल प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र समावेशी तर्फको छात्रवृत्तिमा आवेदन गर्ने परीक्षार्थीले सम्बन्धित समूहको प्रमाणित आवश्यक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आवश्यक कागजातको अभाव भएमा छात्रवृत्ति पाइनेछैन ।
• बैंक खाताको चल्ती हि.नं. १५६००१०६५२६३४८०००००६ मा रकम जम्मा गरेको सक्कल बैंक भौचर।
प्रवेश परिक्षाको लागि प्रवेश पत्र वितरण प्रवेश परीक्षाकै दिन सु.प.वि. केन्द्रीय क्याम्पसमा बिहान ७:०० बजेदेखि ९:३० बजेसम्म वितरण गरिनेछ । विद्यार्थीले प्रवेश पत्र लिन आउँदा नागरिकता प्रमाण पत्रको सक्कल र अनलाइन फाराम भर्दा अपलोड गरेको सक्कल बैंक भौचर र अपलोड गरेका अन्य आवश्यक कागजातहरूको १/१ प्रति छायाँकपी र मर्ना फाराम अनिवार्य रूपमा लिई आउनुपर्नेछ। साथै मर्ना हुँदा सम्पूर्ण प्रमाणपत्रहरूको सक्कल अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। कक्षा सञ्चालन दिवा सत्र (Day Shift) को समयमा हुनेछ।
