Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालयमा बीए एलएलबीमा भर्नाका लागि आवेदन खुला।

सुदूरपश्चिम विश्वविद्यालयमा बीए एलएलबीमा भर्नाका लागि आवेदन खुला।

  • 921
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयमा बीए एलएलबीमा भर्नाका लागि आवेदन खुला।

    साउन २५ गते काठमाडौ महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय कानुन सहाय अन्तर्गतका आंगिक क्याम्पसहरूमा शैक्षिक सत्र २०८१/०८२_का लागि ५ वर्षे कानुन स्नातक तह बीएएलएलबी कार्यक्रममा भर्नाका लागि आवेदन खुलेको छ। विश्वविद्यालयले भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मिलित हुन चाहने सम्बन्धित सबै विद्यार्थीहरूबाट अनलाइन माध्यमवाट आवेदन माग गरिएको हो।

    आवेदन फारम मिति २०८१ श्रावण २३ गतेदेखि २०८१ भाद्र २५ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय कानुन सङ्काय सुदूरपश्चिम को वेवसाइट www.facultylaw.fwu.edu.np मा Admission Tab मा गइ भर्न सकिने छ।

    न्यूनतम शैक्षिक योग्यता प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मितिसम्म नेपाल कानुन व्यवसायी परिषद (कानुनी शिक्षा) नियमावली, २०७७ बमोजिम २ वा सो सरहको परीक्षामा न्यूनतम ५०% प्राप्ताङ्क ल्याई उत्तीर्ण भएका वा राष्ट्रिय परीक्षा बोर्ड नेपालबाट न्यूनतम ग्रेड ल्याई उत्तीर्ण भएकाले मात्र आवेदन फर्म भर्न पाउने छन। दश जोड २ (२) को ग्रेड वृद्दिका लागी लिईने परिक्षामा सम्मिलित भएका विद्यार्थिहरुले पनि प्रवेश परीक्षाका लागी फाराम भर्ना पाउनेछन । त्यस्ता विद्यार्थिहरुले प्रवेश परिक्षा उत्तीर्ण गरेमा क्याम्पसले तोकेको भर्ना मिति सम्म नेपाल कानुन व्यवसायी परिषद (कानुनी शिक्षा) नियमावली, २०७७ बमोजिमको शैक्षिक योग्यता प्राप्त गरेको कागजात अनिवार्य रुपमा पेस गर्नु पर्नेछ ।

    साथै प्रवेश परीक्षा दस्तुरः रु १५००/- सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय, डीनको कार्यालयको नेपाल बैंक लि. को महेन्द्रनगर शाखामा रहेको चल्ति हिसाब नं. १५६००१०७३२३३४५०००००१ मा जम्मा गरी सकल भौचर अपलोड गर्नु पर्नेछ ।

    विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा हुने मिति र समय पछि प्रकाशित गरिनेछ जानकारी दिएको छ। भने परीक्षा केन्द्रः सुदूरपश्चिम विश्व वेद्यालय केन्द्रिय क्याम्पस महेन्द्रनगर, कंचनपुरमा हुने छन।

    त्यसैगरी वर्गीकृत समूहका लागि छुट्टयाइएको कोटा समेत गरि कानुन संकाय, वी.ए.एल.एल.वी. कार्यक्रम महेन्द्रनगर, कंचनपुरमा ४८ जना, कैलाली बहुमुखी क्याम्पस, धनगडीमा ४८ जना गरी जम्मा ९६ विद्यार्थी भर्ना लिईने छ ।

    कूल १०० पूर्णाङ्कका लागि प्रवेश परीक्षा लिइने छ र परीक्षाको प्राप्ताङ्कको योग्यता सूची (Merit List) का आधारमा मात्र भर्ना लिइने छ । प्रवेश परीक्षामा न्यूनतम ४०% अङ्क नल्याउने परीक्षार्थीले भर्ना पाउने छैन । प्रवेश परीक्षाको कुल १०० पुर्णाङ्कको अङ्कभार निम्न बमोजिम हुनेछ ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1723129189703.jpgFB_IMG_1723129202866.jpgFB_IMG_1723129209296.jpgFB_IMG_1723129228497.jpgFB_IMG_1723129237270.jpgFB_IMG_1723129244210.jpg

    images
    शुक्रवार, श्रावण २५ २०८१०७:०४:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार