Oct 09 2026 | २०८३, आश्विन २३ गते

नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग

नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग

  • 753
    SHARES

  • नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख  तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग

    भदौ, १ गते काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्षदेखि नै बाँकी रहेको नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको छ ।

    तोकिएको सर्त पुरा गरेका व्यक्तिले आगामी भदौ १६ गते भित्र मन्त्रालयको वेबसाइट www.moest.gov.np वा मन्त्रालयको कोठा नं. ४०३ मा आवेदन दिन सक्ने जानकारी दिएको छ।

    ‘नेपाल विद्याभूषण’ प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट देहायमा उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरू र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरूबाट आवेदन माग गरेको हो ।

    FB_IMG_1723856826935.jpg

    गत वर्ष विद्याभूषण तयार गर्न नभ्याउने भएकाले शिक्षा दिवसका दिन वितरण गर्ने भनिएको पदक रोकिएको थियो । सुरुमा पदक बनाउन नभ्याइएको भनिएको पदक पछि बजेट अभाव देखाएर अन्योलमा राखिएको थियो ।

    २०७६ सालबाट स्नातक र स्नातकोत्तरका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण वितरण गरेको छैन । यी चार वर्षमा के कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने हो भन्ने यकिन तथ्याङ्क पनि मन्त्रालयसँग छैन ।

    मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार आर्थिक वर्ष २०८०्८१ मा ६० लाख रुपियाँमात्र विनियोजन भएको जानकारी दियो । उक्त शाखाका अनुसार पदक वितरण गर्न कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरे पनि प्रदान नगरेको हुँदा रोकिएको थियो ।

    मन्त्रालयले २०७६ सालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेकासँग आवेदन माग गर्दा ३७८ जनाको आवेदन परेको थियो । तत्कालीन् शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) मा अन्तर्राष्ट्रिय साक्षरता दिवस परेकाले सोही दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयनपछि शिक्षा दिवस मनाउने र सोही बेला विद्याभूषण वितरण गर्ने निर्णय गरेका थिए ।

    त्यस वर्ष करिब चार सय जनाले विद्याभूषणका लागि आवेदन दिएकाले वितेका चार वर्षमा सरदर एक हजार छ सय जनालाई विद्याभूषण वितरण गर्नुपर्ने मन्त्रालउका एक उच्च पदाधिकारीले बताए ।

    स्नातकका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ग, स्नातकोत्तरका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ख र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण क बाट विभूषित गर्ने चलन छ । चाँदीको पदकमा सुनको लेपन गर्ने गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको घरेलु तथा साना उद्योग कार्यालयले यी पदक तयार गर्दै आएको छ ।

    क श्रेणीको विद्याभूषणको प्रतिपदक सरदर ५० हजार रुपियाँ र अन्य प्रतिपदक ३० हजार रुपियाँ खर्च लाग्ने मन्त्रालयले जानकारी दियो ।

    images
    शनिवार, भाद्र १ २०८१०८:२४:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार