Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेरिक एकेडेमीले आयोजना गरेको उपत्यका व्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता सम्पन्न

नेरिक एकेडेमीले आयोजना गरेको उपत्यका व्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता सम्पन्न

  • 799
    SHARES

  • नेरिक एकेडेमीले आयोजना गरेको उपत्यका व्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता सम्पन्न

    भदौ २ गते काठमाडौ । काठमाडौको बानेश्वर संखमुलमा अवस्थित नेरिक एकेडमिले उपत्यका व्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता २०८१ भब्य रुपमा सम्पन्न गरेको छ। एकेडेमीले विभिन्न मौलिक साँस्कृतिकहरुको जगेर्ना गर्ने साथै नेपालका बिबिध चाडपर्व, उत्सब र महोत्सबहरुलाई जोगाउँदै, प्रवर्दन गर्दै र आउँदा नयाँपुस्ताहरुमा हरुतान्तरण गर्ने उदेश्यका सथ उक्त प्रतियोगिता आयोजना गरेको हो।

    20211108180921_IMG_4249.JPG

    उक्त नृत्य प्रतियोगिता उपत्यका भरिबाट ३२ बिद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो। कार्यक्रम संयोजन बिनिता लामाले गर्नुभयो।

    20211108203021_IMG_4418.JPG

    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अभिनेत्री तथा कलाकार मिथिला सर्मा रहनुभयो भने नेरिक एकेडेमीका अध्यक्ष प्रसान्त ढकाल, निर्देशक मन खत्री, प्रधानाध्यापक मिलन केसि, नेशनल प्याब्सन काठमाडौका अध्यक्ष अमृत कुमार खड्का, उपाध्यक्ष प्रेम कुमार भुजेल, सामुदायी प्रहरी वानेश्वर प्रमुख प्रहरी नायव निरिक्षक विना दाहाल, विभिन्न विद्यालयका प्रधानध्यापक, समाजसेवीहरु, लगाएत राष्ट्रिय लोक गायक, नृत्य निर्देशक, तथा मोडेलहरुको उपस्थिति रहेको थियो।

    20211108203948_IMG_4439~2.JPG

    कार्यक्रममा निर्णायकको रूपमा खड्ग बुढामगर, डान्स आइडलको बिजेता रिना थापामगर र सुनिल थापा रहनु भयो। उक्त कार्यक्रम अमृत खाती र बिष्णुमाया पौडेलले संचालन गर्नु भयो।

    20211108184541_IMG_4272.JPG

    प्रतियोगितामा उत्कृष्ट १० वटा विद्यालय टिम छान्दै ट्रफी तथा प्रमाणपत्रको ब्यबस्था गरिएको थियो। भने टप ५ हुनेलाइ नगद ट्रफी तथा प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यबस्था गरिएको थियो।

    20211109004907_IMG_4709~2.JPG

    उपत्यकाव्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगितामा हिमरश्मि (Hirmashimi) स्कुलका विद्यार्थीहरुले २३३ अंक सहित प्रथम स्थान हात पार्दै रु. २० हजार, नविनज्योती स्कुलका विद्यार्थीहरुले २३२ अंक सहित द्वितीय स्थान हात पार्दै रु.१५ हजार ट्रफी र पुरस्कार प्राप्त गर्यो त्यसैगरी समान अंक ल्याउदै दुई वटा बिद्यालयले वेदब्यास स्कुल र काठमाडौ जेभियर स्कुलले २३१.५ अंक सहित तृतीय स्थान हाँसिल गर्दै नगद १० हजार ट्रफी र प्रमाणपत्र हात पारे।

    20211109004404_IMG_4706~2.JPG

    त्यसैगरी ब्राइट एन्जल स्कुलले २३०.५ सहित चौथो स्थान र नवोदित स्कुलले २३० अंक सहित पाँचौ स्थान हासिल गर्दै नगद रु ५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे। उक्त प्रतियोगितामा एन्जल लर्ड स्कुलले उत्कृष्ट भेशभुसा ५ हजार र न्यु नलेज स्कुलले उत्कृष्ट नृत्य निर्देशक ५ हजार प्राप्त गर्यो।

    20211109004511_IMG_4708~2.JPG

    कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामोसमय योगदान दिएकी वरिष्ठ अभिनेत्री तथा कलाकार मिथिला सर्माले नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको प्रती खुसी व्यक्त गर्दै नेरिक एकेडमीलाई धन्यवाद ज्ञापन गर्नुभयो। नेपाली लोक संगीत र नेपाली मैलिकता हराउदै गएको यो अवस्थामा त्यसको जगेर्ना गर्न र बालबालिकाहरुलाई सुसूचित गर्न हरेक शिक्षण संस्थाहरुले भुमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    20211108231224_IMG_4631~2.JPG

    उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक मिलन केसिले बिद्यालय स्तरका बालबालिकाहरुमा उत्कृष्ट पुस्तान्तरण होस भनि नेरिक एकेडेमी परिवारले सधैझैँ यो वर्ष पनि उपत्यका ब्यापी तीज नृत्य कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। साथै समाजमा फैलिएका नकरात्मक कुराहरुलाई छोडेर युवा तथा बालबालिकाहरुमा सकारात्मक भावनाका साथै आफ्नो देश, समाज र सँस्कृतीप्रती सकारात्मक भावना पैदा गर्दै आउँदा पुस्ताहरुमा पनि यि र यस्ता सँस्कृतीकहरको भावना जागृत होस भनि नेरिक एकेडेमीले यो उपत्यकाव्यापी तिजनृत्य प्रतियोगिताको आयोजना गरेको केसिले बताउनुभयो।

    20211108183317_IMG_4253~2.JPG

    उक्त कार्यक्रममा लोक तथा मौलिक गायनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा राष्ट्रिय लोक सॅागितक क्षेत्रका विभिन्न कलाकारहरुलाई सॅस्थाले सम्मान पत्रका साथ सम्मान पनी गरेको थियो ।

    20211108190814_IMG_4286~2.JPG20211108222520_IMG_4587~2.JPG20211108220141_IMG_4566.JPG20211108214800_IMG_4554~2.JPG20211108211146_IMG_4520~2.JPG20211108205638_IMG_4477~2.JPG20211108204847_IMG_4463~2.JPG

    images
    आइतवार, भाद्र २ २०८१०९:२०:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार