मंगलवार, भाद्र ४ २०८१
भदौ, ४ गते काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुल द्वारा आयोजित अन्तर विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता सम्पन्न । काठमाडौ भरिबाट १२ वटा बिद्यालयका विद्यार्थी सम्मिलित अन्तर विद्यालय मौलिक तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

स्कुलका प्रिन्सिपल शिवराम गिरीको सभापतित्वमा नेशनल प्याब्सनका अध्यक्ष अमृत कुमार खड्का प्रमुख अतिथिको रुपमा रहनुभयो। साथै नेशनल प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष प्रेम कुमार भुजेल, कोषाध्यक्ष टंक थापा, लगाएत विभिन्न स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो।

नृत्य प्रतियोगितामा १५७ अंक सहित भक्ती स्कुलले प्रथम स्थान हात पार्यो भने समान अंक सहित त्रिलोक चिल्ड्रेन स्कुल र स्प्रीङ भ्यालीले द्वितीय स्थान हासिल गर्यो। त्यस्तै न्यू मालाश्री स्कुल, गण्डकी पब्लिक स्कुल र इडिफाई स्कुलले समान अंक ल्याउदै तृतीय स्थान हात पारे।


तीज नृत्य प्रतियोगितामा सहभागी बिद्यालयहरुलाई ट्रफी र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका अध्यक्ष अमृत कुमार खड्काले नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको प्रती खुसी व्यक्त गर्दै माइलस्टोन युथ इङ्लिस स्कुललाई धन्यवाद ज्ञापन गर्नुभयो। नेपाली लोक संगीत र नेपाली मैलिकता हराउदै गएको यो अवस्थामा त्यसको जगेर्ना गर्न र बालबालिकाहरुलाई सुसूचित गर्न हरेक शिक्षण संस्थाहरुले भुमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। तीज पर्व नेपालको मौलिक र संस्कृतिक पर्व भएकोले तीजका नाममा भएका बिकृतिहरुलाई हटाउदै नेपाली मौलिकता र संस्कृतिलाई जगेर्न गर्न लागिपर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक शिवराम गिरिले बिद्यालय स्तरका बालबालिकाहरुलाई मौलिक पर्व आरे जागरण पैदा गर्न माइलस्टोन युथ इङ्लिस स्कुलले तीज नृत्य कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। साथै समाजमा फैलिएका नकरात्मक कुराहरुलाई छोडेर युवा तथा बालबालिकाहरुमा सकारात्मक भावनाका साथै आफ्नो देश, समाज र सँस्कृतीप्रती सकारात्मक भावना पैदा गर्दै आउँदा पुस्ताहरुमा पनि यि र यस्ता सँस्कृतीहरुको भावना जागृत होस भनि माइलस्टोन इङ्लिस स्कुलले तिजनृत्य प्रतियोगिताको आयोजना गरेको गिरिले बताउनुभयो।

लोक नृत्य प्रतियोगिता कार्यक्रम संचालन सहप्रधानाध्यापक दिनेश भट्टराई र शिक्षक बिन्दु गिरिले गर्नुभयो ।










