Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको राजिनामा स्वीकृत; विश्वविद्यालय उपकुलपति विहीन ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको राजिनामा स्वीकृत; विश्वविद्यालय उपकुलपति विहीन ।

  • 621
    SHARES

  • नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको राजिनामा स्वीकृत; विश्वविद्यालय उपकुलपति विहीन ।

    भदौ, ४ गते काठमाडौ । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेको राजिनामा स्वीकृत भएसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको छ। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको राजिनामा स्वीकृत गरेसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको हो।

    विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति समक्ष पेस गरेको राजिनामा स्वीकृत भएको छ ।

    कुलपति समक्ष विभिन्न समयमा विश्वविद्यालयमा देखिएका समस्याका सम्बन्धमा छलफल गर्दा पनि समाधानको बाटो नदेखिएपछि उपकुलपतिले राजिनामा दिएको बताइएको छ।

    गत साउन २६ गते कुलपतिसंगको भेटमा विश्वविद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी गराएपछि २७ गते व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्दै राजीनामा दिएको उपकुलपति लामिछानेले बताए । ‘सम्पत्ति छानविनका लागि खोजी गर्न समिति गठन भयो,१२ वर्ष सम्म रोकिएको दीक्षान्त समारोह भयो ।’ उनले भने, ‘विश्वविद्यालयमा पदाधिकारीले कार्यकारी समितिको निर्णय नमान्ने अवस्था छ ।’

    यसअघि उपकुलपति लामिछाने र कुलसचिव माधव अधिकारीबिच केही समयदेखि विवाद चर्किँदै गएको थियो । विश्वविद्यालयमा कार्यरत कर्मचारी बढुवा तथा नियुक्त गर्ने विषयमा उपकुलपति लामिछाने र कुलसचिव विचको द्वन्द्व सतहमा आएको थियो । सो विवाद सतहमा आएपछि उपकुलपतिले कुलसचिव अधिकारीलाई गत असार २७ गते पदबाट समेत हटाएका थिए । उपकुलपतिले दवावका कारण गत साउन १६ कुल सचिवको निलम्बन फुकुवा गरेका थिए ।

    कुलसचिव अधिकारीलाई पदीय दायित्व पूरा नगरेको, कार्यकारीको निर्णय नमानेको लगायतका करण देखाउँदै निलम्बन गरेका थिए । तर कुल सचिव अधिकारी निलम्बनको औचित्य पुष्टि नभएको भन्दै विश्वविद्यालयको जिम्मेवारीमा फर्किएका थिएनन ।

    images
    मंगलवार, भाद्र ४ २०८१०४:०२:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार