मंगलवार, भाद्र ११ २०८१
भदौ, ११ गते काठमाडौ । 'शिक्षा विधेयकमा समेटिनु पर्ने विद्यार्थीको आवाज' बिषयमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता हुने भएको छ। बृहत राष्ट्रिय शिक्षा अभियान नेपालको आयोजनामा राष्ट्रव्यापी रुपमा उक्त प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका अध्यक्ष अभिषेक घिमिरिले जानकारी दिनुभयो।
निबन्ध कम्तीमा ७०० शब्द देखि बढीमा १ हजार शब्द सम्ममा लेख्नु पर्नेछ I भने प्रतियोगितामा सहभागीताको लागि कुनै शुल्क लाग्ने छैन भने बिद्यालय बाट एक जना छात्र र एक जना छात्रा गरि बढिमा २ जना विद्यार्थी सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा सहभागिताका लागि २०८१ भाद्र २० गतेसम्म shiksha.abhiyan.nepal@gmail.com मा इमेल मार्फत पठाउन सकिने छ। भने विद्यार्थीले रचना पठाउँदा युनिकोड वा प्रीति फन्टमा टाइप गरी आफ्नो नाम, कक्षा, विद्यालयको नाम तथा ठेगाना उल्लेख गर्नुपर्ने छ I प्रतियोगितामा विद्यार्थीले आफैंले लेखेका मौलिक रचनालाई प्राथमिकता दिइनेछ I
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद रु. १० हजार द्वितीयले नगद रु. ७ हजार र तृतीयहुने विद्यार्थीले नगद रु. ५ हजार प्राप्त गर्ने छन।