Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय शिक्षा

जेठ तेस्रो साता एसईई र अन्तिममा कक्षा १२ परीक्षाको तयारी !

जेठ तेस्रो साता एसईई र अन्तिममा कक्षा १२ परीक्षाको तयारी !

  • 747
    SHARES

  • जेठ तेस्रो साता एसईई र अन्तिममा कक्षा १२ परीक्षाको तयारी !

    काठमाडौं , माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)  र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा एक साताको अन्तरमा जेठको तेश्रो सता र अन्त्यमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ मा एसईई र कक्षा १२ को बार्षिक परिक्षा गर्ने तयारीमा जुटेको छ ।

    बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे  निर्णय गरिने जानकारी दिनुभयो ।

    एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ । चैतसम्म देशैभरि विद्यार्थीको विवरण संकलन गरिसके पछी विद्यार्थीको संख्या यकिन हुने छ ।

    त्यस्तै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ ।  फारम भरेपछि सबै खालका तयारी पूरा हुने र जेठ अन्तिम सातामा कक्षा १२ को  परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् ।

    कक्षा ११ को अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने छ । गत वर्ष सरकारले कक्षा ११ को परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायतको अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको थियो । सरकारले नयाँ कुनै नीतिगत निर्णय गरेबाहेक कक्षा ११ को परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डका उपाध्यक्ष पौडेलले दिनुभयो ।

    गोरखापत्र पत्र 

    images
    बुधवार, फाल्गुण १२ २०७७०८:३१:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार