Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा खाद्यप्रविधि (B.Tech)मा भर्नाको लागि आवेदन माग।

त्रिविद्वारा खाद्यप्रविधि (B.Tech)मा भर्नाको लागि आवेदन माग।

  • 623
    SHARES

  • त्रिविद्वारा खाद्यप्रविधि (B.Tech)मा भर्नाको लागि आवेदन माग।

    भदौ, १४ काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणाली अन्तर्गत पेडिङ पद्दति अनुरुप पठनपाठन हुने विज्ञानतर्फ आठ सेमेस्टरको स्नातक तह खाद्यप्रविधि B.Tech. (Food Technology) कार्यक्रममा भर्ना भर्नाको लागि आवेदन माग गरेको छ।

    शैक्षिकसत्र २०८१ मा भर्नाको लागि इच्छुक विद्यार्थीहरुले २०८१ भदौ १६ गते आइतबारदेखि मिति २०८१ असोज ०६ गते आइतबार सम्म संस्थानको Website: https://iost.tu.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फाराम भरी Online बाट नै सोही Website मार्फत Submit गर्नुपर्ने छ ।

     प्रवेश परिक्षाका लागि न्यूनतम योग्यता :

    • मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यमिक शिक्षा वा सो सरहको १०+२ (विज्ञान) वा प्रविणता प्रमाणपत्र तह खाद्य प्रयोगशाला प्रविधि वा प्रमाणपत्र तह (I.Sc.) वा सो सरहको परीक्षामा रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा Final Grade C ल्याई कम्तीमा १०० पूर्णाङ्कको अ‌ङ्ग्रेजी विषय लिई उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्य विषयहरुमा कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    • CTEVT बाट तीन बर्षे डिप्लोमामा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    • A Level अध्ययन गर्नेको हकमा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्कको विषय लिई प्रत्येक विषयमा कम्तीमा D ग्रेड ल्याई उत्तीण हुनुपर्नेछ ।

    • विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयवाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ ।

    Online फारम भर्दा नै विद्यार्थीहरूले परीक्षा दिने जिल्ला रोज्नुपर्नेछ । जसमध्ये काठमाडौ उपत्यका, सुनसरी मोरङका, कास्की, चितवन (नवलपरासीको कलेज समेत) प्रवेश परीक्षा हुने मिति र समय २०८१ असोज १३ गते आइतबार विनको १२:०० बजे साथै परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।

    बिस्तृत जानकारीको लागि हेर्नुस सूचना

    FB_IMG_1724979687982.jpgFB_IMG_1724979689755.jpgFB_IMG_1724979695986.jpg

     

    images
    शुक्रवार, भाद्र १४ २०८१०६:५८:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार