Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा स्नातक तह MBBS को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

चिकित्सा शिक्षा स्नातक तह MBBS को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

  • 1.2K
    SHARES

  • चिकित्सा शिक्षा स्नातक तह MBBS को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

    भदौ, १४ गते काठमाडौ । चिकित्सा शिक्षा आयोगले स्नातक तह (MECEE-BL 2025) MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।

    शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते सञ्चालन गरिएको MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रममा रहन सफल भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो।

    बिहिबार चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समित्तिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताकमअनुसार प्रकाशन गरिएको हो।

    परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ। न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिका (OMR Sheet) मा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा वबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।

    झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बखत रद्द गरिनेछ । समूहगत योग्यताक्रम, पुनर्योग, प्राथमिकताक्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना आयोगको वेवसाइटमा पछि प्रकाशन गरिनेछ ।

    नतिजा हेर्न https://drive.google.com/file/d/16_mHEBLU_5KBqYnN1f_xKGG0UabyouTc/view?usp=drivesdk मा क्लिक गर्नुस्।

    FB_IMG_1724984227637.jpg

     

     

    images
    शुक्रवार, भाद्र १४ २०८१०८:१०:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार