Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा भिमप्रसाद खतिवडा नियुक्त

नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा भिमप्रसाद खतिवडा नियुक्त

  • 670
    SHARES

  • नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा भिमप्रसाद खतिवडा नियुक्त

    भदौ १७ गते काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई नियुक्त गर्नुभएको छ । विश्वविद्यालयका कुलपती समेत रहनु हएका प्रधानमन्त्री ओलिले खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिनु भएको हो।

    प्रधानमन्त्री एवं कुलपति ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिनुभएको जानकारी दिइएको छ ।

    यसअघि संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

    images
    सोमवार, भाद्र १७ २०८१०८:२६:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार