Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई ग्रेडवृद्धि परिक्षको नतिजा असोज तेस्रो साता

एसइई ग्रेडवृद्धि परिक्षको नतिजा असोज तेस्रो साता

  • 705
    SHARES

  • एसइई ग्रेडवृद्धि परिक्षको नतिजा असोज तेस्रो साता

    काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि (पुरक) परिक्षाको नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार दसैँअघि नै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

    परीक्षा नियन्त्रक कक्षा १० का नन्दलाल पौडेलका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकेर केन्द्रमा ल्याउने काम भइरहेको छ । पौडेलका अनुसार उत्तरपुस्तिका परीक्षण उपत्यकाका तीनसहित ३४ वटा केन्द्रबाट भएको र धेरै स्थानबाट प्राप्ताङ्कसमेत आइसकेको छ । केही केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकिएको भए पनि प्रतिकूल मौसमका कारण प्राप्ताङ्क तथा उत्तरपुस्तिका ल्याउन सकिएको छैन ।

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको बताइएको छ। बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय कात्तिक १५ गतेभित्रलाई तोकिएको छ । विलम्ब शुल्क तिर्नेका लागि भनेर कात्तिक ३० भित्रको समय तोकिएको छ तर कुन दिनदेखि फाराम भर्न पाइने भन्ने विषयमा बोर्डले वार्षिक कार्यतालिकामा नखुलाए पनि सामान्यतया एक महिनाको समय राखेर फाराम भर्न लगाइने चलन छ । फाराम भर्ने समय नसकिँदै नतिजा प्रकाशन गर्ने योजनासाथ काम भइरहेको पौडेलले जानकारी दिनुभयो ।

    २०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् । ग्रेडिङ निर्देशिका–२०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । निर्देशिकाको उक्त व्यवस्थालाई संशोधन गरी परीक्षामा अनुपस्थित तथा ननग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो । दुई लाख ३४ हजार विद्यार्थीको एनजी आएकोमा ग्रेडवृद्धि परीक्षामा भने दुई लाख नौ हजार ८०४ विद्यार्थी मात्रै सहभागी थिए । #गोरखापत्र

    images
    मंगलवार, भाद्र १८ २०८१०८:०९:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार