Jul 27 2026 | २०८३, श्रावण ११ गते

परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सिइटिइभिटि पाठ्यक्रम बिकास तथा समकक्षता निर्धारण महाशाखाको निर्देशन

परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सिइटिइभिटि पाठ्यक्रम बिकास तथा समकक्षता निर्धारण महाशाखाको निर्देशन

  • 521
    SHARES

  • परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सिइटिइभिटि पाठ्यक्रम बिकास तथा समकक्षता निर्धारण महाशाखाको निर्देशन

    भदौ, २३ गते काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    महाशाखाले एक सूचना जारी गर्दै परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रमहरू परिषद् पाठ्यक्रम विकास समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको हुँदा परिषद्का आगिक, साझेदारी, सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०६१ र ०६२ मा भर्ना भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा सोही बमोजिमको पाठ्यक्रम अध्ययन अध्यापन गराउन आग्रह गरिएको हो ।

    यस सम्बन्धमा कुनै भ्रम भएमा कार्यालयमा सम्पर्क गर्न विद्यार्थी तथा समबन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । साथै परिमार्जित पाठ्यक्रमहरु परिषदको वेबसाईट www.ctevt.org.np मा गएर डाउनलोड गर्न सकिने छ।

    यस्तो छ सूचना !

    IMG_20240908_073038.png

    images
    आइतवार, भाद्र २३ २०८१०८:३३:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार