Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी संगठनबिच कुटाकुट हुँदा कृषि क्याम्पसमा तालाबन्दी: विद्यार्थीको भविष्यमाथी खेलवाड ।

विद्यार्थी संगठनबिच कुटाकुट हुँदा कृषि क्याम्पसमा तालाबन्दी: विद्यार्थीको भविष्यमाथी खेलवाड ।

  • 831
    SHARES

  • विद्यार्थी संगठनबिच कुटाकुट हुँदा कृषि क्याम्पसमा तालाबन्दी: विद्यार्थीको भविष्यमाथी खेलवाड ।

    भदौ, २३ गते काठमाडौ । चितवनको रामपुर स्थित कृषि तथा बन, बिज्ञान विश्वविद्यालयमा विद्यार्थी सङ्गठनहरूबिच कुटाकुट हुँदा गरिएको तालाबन्दीले विद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ। 

    भदौ १३ गते विद्यार्थी संगठनहरु बिच लफडा हुदा भएको तालाबन्दी हप्ता दिनभन्दा बढी भइसकेको छ। जसको कारण परीक्षाहरू स्थगित गरिएको छ । 

    कसले सुन्ने विद्यार्थीको पीडा ?

    विद्यार्थी संगठनहरु बिच कुटाकुट भई क्याम्पसमा तालाबन्दी गरेपछी पठनपाठनमा ठप्प भएपछी आक्रोशित हुदै यस्तो लेख्छन् :-

    यही महिनाको १३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय को केन्द्रीय कलेज रामपुर चितवन को कृषि संकायमा विद्यार्थीहरु बिच आपसी झगडा हुन्छ जसले गर्दा केही विद्यार्थी अत्यन्तै चोटील हुन पुग्छन् , जसले हामी सबैलाई मर्माहित बनाएको छ । तर त्यसो भन्दैमा हाम्रो विश्वविद्यालय सधैंको लागि बन्द गर्ने हो त ?? जहाँ पनि राजनीतिक कुरालाई लेराएर कहिले सम्म हामी विद्यार्थीले दुःख पाउने? कहिले नेवि संघ को बंद, कहिले अखिल क्रान्तिकारी , कहिले अनेरास्ववियु त कहिले शिक्षक संघ को ? विद्यार्थी आन्दोलन भनेको छ जैले बन्द गरेको छ? के का लागि र कसका लागि ? भर्ना भएको आधिकारिक मिति हेर्दा हामी २०१९ मा यस विश्वविद्यालयमा आवद्ध भएका विद्यार्थी हौं ? २०१९ मा वन संकायको ४ वर्षीय ब्याचलर कोर्सको लागि भर्ना भएको म आहिले २०२४ को अंतिम समय आउँदै गर्दा वर्ष गन्ने भने ६ वर्ष पुग्न जान्छ, यसको क्षतिपूर्ति कले बेहोर्ने?
    VC, रजिस्ट्रार हरूले हामी ब्याचलर सकेपछिको भविष्यको जिम्मा लिन सक्छन् ? आहिले यसरी रजिस्ट्रार कार्यालय बाट नै Help Help भनेजसरी विज्ञप्ति निकाल्नु लाचार पनको पराकाष्ठा हैनर? विद्यार्थीको उचित मागको सम्बोधन गरेर चलिरहेका परीक्षा तत्काल सञ्चालन गर्न नसक्ने विश्वविद्यालय जिम्मेवार पदाधिकारीहरुको कस्तो लाचारीपन हो यो ?
    ताला लगाउने हरु पनि कृषि संकाय को झगडा मा पुरै विश्वविद्यालय बन्द गर्ने कारण के ? हाम्रो वन संकाय किन बन्द गरेको ? ३ ओटा विषय परीक्षा दिएर बीचमै रोकिदिएको हाम्रो परीक्षा अब केही दिनमा तत्काल सञ्चालनमा नआए दशैं तिहार पछि २०२५ भन्ने वर्षमा नतिजा आउन जाने निश्चित देखिन्छ ? हाम्रा देशका नेता , संसद , मिडियाकर्मी हरुलाई पनि किन चासो छैन यस विषयमा? के MBBS, Engineering पढ्ने मात्र देशका विद्यार्थी हुन्? हाम्रो सयौं विद्यार्थीको लागि बोलिदिने को ? वन , कृषि, भेट्नरी, मत्स्य विज्ञान पढ्ने विद्यार्थीपनि यो देशको भविष्य हैनर ?? यस् बिसयमा ध्यानाकर्षण गराउन चाए..

    IMG_20240908_091236.png

    (एक जना विद्यार्थीले हामिलाइ पठाएको मेसेज)

    उक्त घटना प्रती निन्दा गर्दै विश्वविद्यालयले समेत निन्दा गर्दै विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गरी परीक्षा र पठन-पाठन यथाशक्य छिटो नियमित गराउन आवश्यक रहेको सन्दर्भमा सोका लागि सहयोग गरिदिनु हुन सम्पूर्ण सरोकारवालाहरुलाई विश्वविद्यालय प्रशासन हार्दिक अपिल गरेको छ।

    यस्तो छ विश्वविद्यालयको बिज्ञपति

    received_871872631127218.jpeg

    images
    आइतवार, भाद्र २३ २०८१०९:१०:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार