आइतवार, भाद्र २३ २०८१
भदौ, २३ गते काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छन्। बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरक्रियामा बताएकि हुन।
वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागेको जानकारी दिइन्। मन्त्री भट्टराईले रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको बताईन्।
नेपाली विद्यार्थी मात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने जनाउनुभयो।कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता गरिन् ।