मंगलवार, भाद्र २५ २०८१
भदौ, २५ गते काठमाडौ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले डिप्लोमा/प्रमाणपत्र एवं प्रि-डिप्लोमा तहको विशेष छात्रवृत्ति प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।
२०८१ साउन ३० गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा तथा www.ctevtexam.org.np मा प्रकाशित सूचना बमोजिम डिप्लोमा तथा प्रमाणपत्र तह र पि-डिप्लोमा तहको प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम र प्राविधिक शिक्षाको सस्थागत पहुँच नपुगेका ७८ वटा पालिकामा स्थायी बसोवास गर्ने छात्रछात्राहरूका लागि विभिन्न कार्यक्रमहरूमा रीतपूर्वकको प्रवेश परीक्षाको आवेदन फाराम भरेका परीक्षार्थीहरूको प्रवेश परीक्षाको केन्द्र निर्धारण गरेको हो।
प्रवेश परिक्षा आगामी २९ गते बिहान ८ बजे संचालन हुनेछन । परीक्षा केन्द्र कायम गरिएको बिस्तृत विबरण www.ctevtexam.org.np मा हेर्न सकिने छ्।
