Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेडियन्ट थ्री वन थ्री बास्केटबल प्रतियोगिता शुरु।

रेडियन्ट थ्री वन थ्री बास्केटबल प्रतियोगिता शुरु।

  • 1.1K
    SHARES

  • रेडियन्ट थ्री वन थ्री बास्केटबल प्रतियोगिता शुरु।

    भदौ २८ काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा उपत्यकाव्यापी अन्तर-विद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता (3 ON 3 Basketball Tournment) शुरुभएको छ। रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा आजदेखि तीनदिन भदौ ३० गतेसम्म हुने थ्री वन थ्री बास्केटबल प्रतियोगिता शुरु भएको हो।

    FB_IMG_1726233665950.jpg

    अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताको उद्घाटन समारोह संस्थापक प्रिन्सिपल डिके ढुंगानाको सभापतित्वमा राष्ट्रिय बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसेन गुरुङ, एसोसिएसनका महासचिव, रेडियन्ट रिडर्स एकेडेमीका भाइस प्रिन्सिपल देवराज गेलाल, आर्थिक निर्देशक लक्ष्मी न्यौपाने लगाएत विभिन्न स्कुलका प्रिन्सिपल, खेल संयोजक तथा शिक्षक विद्यार्थीहरु उपस्थित रहेका थिए।

    IMG_7766~2.JPG

    खेलको उद्घाटन समारोहमा बोल्दै एकेडेमीका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले रेडियन्ट रिडर्स एकेडेमीको २५औं वार्षिकोत्सवको अवसर यो प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

    IMG_7783~2.JPG

    खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको र त्यसका लागि विद्यालय तहमा खेललाई अनिवार्य रूपमा समावेश गर्नु पर्ने विद्यालयका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले बताउनुभयो । साथै उहाँले यस रजत महोत्सवका अवसरमा आफ्नै क्रीकेट एकेडेमी निर्माण गर्दै क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो ।

    IMG_7821.JPG

    त्यसैगरी मानसिक रुपमा स्वस्थ हुनलाई शारीरिक रुपमा स्वस्थ हुनुपर्ने भन्दै नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसेन गुरुङले त्यसकोलागी खेलकुद अपरिहार्य रहेको बताउनुभयो। खेलले ब्यक्तिगत पहिचानका साथसाथै देशलाई समेत चिनाउने र जीवन निर्वाह गर्न समेत सकिने भन्दै खेलकुदको कमजोर आँकलन गर्न नहुने बताउनुभयो ।

    IMG_7722~2.JPG

    रेडियन्ट रिडर्स एकेडेमीको आयोजना गरेको प्रतियोगितामा उपत्यकाबाट ५० वटा टिम सहभागी रहेका छन। जसमध्ये ३२ वटा छात्र र १८ वटा छात्रा टिम रहेका छन।

    FB_IMG_1726233652434.jpg

    आज शुरु भएको बास्केटबल प्रतियोगितामा छात्र तर्फका लिक खेलहरु खेलाइने खेलका संयोजक राजेन्द्र कपालिले बताउनुभयो ।

    IMG_7768.JPG

    बास्केटबल प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने ५ हजार नगद पुरस्कार ट्रफी पाउनेछन्।

    FB_IMG_1726235820329.jpg

    IMG_7795.JPG

    images
    शुक्रवार, भाद्र २८ २०८१०७:१९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार