शनिवार, भाद्र २९ २०८१
भदौ, २९ काठमाडौँ । बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रूपमा मनाइदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारणले मात्र नभई बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यता प्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको प्रधानमन्त्री ओलिले बताएका छन।
ओलिले सन्देशमा भनेका छन, ‘अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन बिताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने अभियान हामीले सञ्चालन गरेका थियौँ र त्यसलाई सफलतापूर्वक अगाडि बढाएका पनि थियौ । ’सडक बालबालिका मुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ’ ।
त्यसैगरी बालबालिकामाथि हुने सबै किसिमका हिंसा बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र वालवालिकाहरुलाई सरक्षण सुरक्षा र अभिभावकतब प्रदान गर्ने प्रतिवद्धता जनाएका छन।
त्यस्तै बालबालिकाहरूका लागि सुरम्य पारिवारिक–सामाजिक वातावरण निर्माण गर्न सङ्घीय सरकारको प्रयास मात्र पर्याप्त नहुने र त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा रहेको बताएकाछन।
बालबालिका कागजका त्यस्ता खाली पाना भएको, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्ने, बालबालिका सेतो कपडा भएको र तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न बताउँदै सिर्जनाका आधारभूमि बालबालिकामा सवल र जनमुखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्नु गर्ने यसका लागि अभिभावकहरूलाई यसतर्फ दायित्वशील हुन अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलिले भनेकाछन, 'प्यारा भाइबहिनीहरुमा पनि विशेष आह्वान गर्दा तपाईहरु देशको सुदर भविष्य हुनुहुन्छ। अग्रजहरुले लामो संघर्ष बलिदान र त्याग गरेर देशमा रहेको निरंकुश शासन हटाई जनतालाई नै सार्वभौमसत्ता सम्पन्न बनाए। तपाईहरुको पुस्तालाई कस्तो देश चाहिन्छ त्यस अनुरुपका परिकल्पना र कामको थालनी अहिलेको सरकारले गरिरहेको छ। देशभित्र रहेका बिकृती, बिसंगति हटाउने, देशलाई एउटा स्वच्छ समृद्ध आधुनिक सभ्य हाम्रा पुर्खाले कल्पना गरे अनुरुप सर्वे भवन्तु सुखिनः (सबै सुखी होउन) को गन्तव्यमा पुर्याउन हामी अग्रसर छौ।'
हामीने सामाजिक न्याय र समानता सहितको विकासलाई राष्ट्रको आकांक्षा बनाएका छौं। 'समृद्ध नेपाल सुखी नेपाली'को यस आकांक्षा मानव जातिको आकांक्षा हो, हाम्रो देशको आकांक्षा हो र तपाईहरुको भविष्य हो। यसको सफलता तपाईहरुको जीवनको सफलतासँग गासिएको छ। तपाईहरुले आजको समयलाई सही सदुपयोग गरेर 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा प्राप्त गर्नु पर्छ। ओलिले भनेका छन, 'नकारात्मक र हानिकरण विचार, प्रतिबाट बच्दै सकारात्मक रचनात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ।'
साथै आउँदो पिढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईहरुको सचेत सहभागिता रहने बिश्वास लिएका छन।