शनिवार, भाद्र २९ २०८१
भदौ, २९ गते काठमाडौ । नेसनल प्याब्सन काठमाडौ महानगर समितिले ६०औं बाल दिवसरको अवसरमा अन्तर-विद्यालय Theme Based Presentation Compitition (विषयवस्तुमा आधारित प्रस्तुति प्रतियोगिता) को आयोजना गरेको छ। नेशनल प्याब्सन काठमाडौ महानगर अन्तर्गत ३८ वटा विद्यालय सहभागी प्रतियोगिता धुम्बाराही स्थित युनिभर्सल एकेडेमीमा आयोजना गरेको हो।

नेशनल प्याब्सन काठमाडौं महानगर समितिले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम आयोजना गर्दै आएकोमा यस प्रकारको presentation भने पहिलो पटक आयोजना गरेको हो । यस प्रकारको कार्यक्रमबाट विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यार्थीमा खोजमूलक सिकाई उपलब्धि समेत हासिल हुने बिश्वास लिइएको छ।

Theme Based Presentation मा विद्यार्थीहरुले Power Point Presentations को माध्यमबाट निर्धारित शीर्षकमा विभिन्न स्लाइड तयार पारेर ५ मिनेटको समयमा त्यसलाई प्रस्तुत गर्ने गरिन्छ । आयोजकले यसमा विद्यार्थीहरुलाई ३ वटा शीर्षक दिइएको थियो भने ३ शीर्षक मध्ये गोलाप्रथाद्वारा तत्काल एक शीर्षक छान्न लगाएर प्रस्तुत गर्न लगाइएको कार्यक्रम संयोजक तथा सहसचिव प्रकाश श्रेष्ठले बताउनुभयो ।

नेशनल प्याब्सन काठमाडौं महानगर समितिद्वारा आयोजित अन्तर - विद्यालय Theme Based Presentation Competition मा ट्रिटन इन्टरनेशनल स्कूलले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै द्वितीय स्थान- ब्रेन ल्याण्ड एकेडेमी, तृतीय स्थान- ब्रोक्लिन एकेडेमी र चौथो स्था गोल्डेन गार्डेन एकेडेमीले हात पारेको छ। विजेता स्कुलहरुले ट्रफी, मेडल, प्रमाणपत्र संगै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः रू. ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारसमेत प्राप्त गरेका छन् ।
उक्त निर्णायकको रूपमा प्रा. डा. लक्ष्मी कान्त पौडेल तथा प्रा. ईश्वर श्रेष्ठ रहनुभएको थियो । भने कार्यक्रम संचालन सहसचिव प्रकाश श्रेष्ठले गर्नुभयो ।

उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको सभापतित्व नेशनल प्याब्सन काठमाडौं महानगरको अध्यक्ष विजय खरेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार, गीतकार, गजलकार तथा लेखक प्रा. डा. कृष्णहरि बराल, विशेष अतिथिका रूपमा नेशनल प्याब्सन वागमती प्रदेशका अध्यक्ष नारायण कर्म कार्की तथा नेशनल प्याब्सन काठमाडौं जिल्लाका अध्यक्ष श्री अमृत खड्का, नेशनल प्याब्सन काठमाडौं महानगरका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य श्री भीष्म पाण्डे लगायत विभिन्न पेशा तथा व्यवसायका विशिष्ट व्यक्तित्वहरू उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले शिक्षाको गुणस्तर सुधार गर्न बिद्यालय लागेर मात्रै नहुने भन्दै, शिक्षक, विद्यार्थी र अभिभावकहरुको साथ सहयोग चाहिने बताउनुभयो। सैद्धान्तिक पढाइले मात्रै पुग्दैन अब ब्यबहारिक शिक्षाको आवश्यकता परेको बताउनुभयो। त्यस्तै बाल दिवस मनाउदै गर्दा सडकका बालबालिकाको बारे सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश अध्यक्ष नारायण कर्म कार्की र काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले बालबालिकाको सर्बाङ्गिण बिकासको लागि किताबी ज्ञान मात्रैले नपुग्ने भन्दै ECA र CAA कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो ।