Oct 09 2026 | २०८३, आश्विन २३ गते

गुणस्तरीय रोजगारमुलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षामा सबै अभियान्ता लग्नुपर्छ: प्रधानमन्त्री

गुणस्तरीय रोजगारमुलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षामा सबै अभियान्ता लग्नुपर्छ: प्रधानमन्त्री

  • 487
    SHARES

  • गुणस्तरीय रोजगारमुलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षामा सबै अभियान्ता लग्नुपर्छ: प्रधानमन्त्री

    काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ता लाग्नुपर्ने धारणा व्यक्त गरेका छन। राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा शुभकामना सन्देश दिदै यस्तो धारणा ब्यक्त गरेका हुन्।

    मुलुक सङ्घीय गणतन्त्रमा प्रवेश गरे पश्चात् नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए बमोजिम यस वर्ष 'ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता' भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २००१ देशभर मनाउन लागिएकोमा म खुसी व्यक्त गरेका छन्।

    अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ। यसैगरी भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षा मार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ।

    प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “भएको लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ।”

    सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण/प्राविधिकदेखि उच्च शिक्षा सम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने उ अको भनाइ छ।

    त्यसैगरी कक्षा १० को माध्यमिक शिक्षा, परीक्षा (एसइई) की आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रूपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको छ।

    त्यसैगरी पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन्।

    प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाइ विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो”।

    प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन्।

    images
    बुधवार, आश्विन २ २०८१०७:२२:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार