Oct 09 2026 | २०८३, आश्विन २३ गते

विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ : शिक्षामन्त्री भट्टराई

विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ : शिक्षामन्त्री भट्टराई

  • 778
    SHARES

  • विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ : शिक्षामन्त्री भट्टराई

    काठमाडौँ, असोज २ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन। बुधबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन।

    कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरेकि छन्। हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेका छन् । मुलुकभर सञ्चालनमा रहेका यि संस्थाहरुलाई हामीले व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको छ, मन्त्री भट्टराईले भनिन् ।

    उनले सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक सङ्ख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ चार हजार १०९ रहेको र माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताएकि छन्। साथै सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षा कोठा रहेको बताईन्।

    त्यस्तै विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी सुरु गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

    मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिनुभयो । शिक्षालाई मानव पुँजी निर्माण गर्ने मात्रै नभइ सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने भन्दै शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताएकि छन्।

    images
    बुधवार, आश्विन २ २०८१०३:२२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार