Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा अन्तिम तयारीमा

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा अन्तिम तयारीमा

  • 848
    SHARES

  • एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा अन्तिम तयारीमा

    असोज, ६ गते काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेड वृद्धि) को नतिजा सार्वजनिकको अन्तिम तयारीमा रहेको जनाएको छ । बोर्डले दसैँ अघि नै विद्यालय भर्ना हुन सक्ने गरी नतिजा निकाल्न लागेको हो ।

    परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा सार्वजनिक गर्न हामी अन्तिम तयारीमा रहेको बताउनुभयो। असोज १५ देखि कात्तिक ३० भित्र कक्षा ११ मा विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने अवधि तोकिएको छ । त्यसैले असोज १५ अघि नै नतिजा सार्वजनिक गर्ने बोर्डले तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

    ग्रेडबृद्धी परीक्षामा करिब दुई लाख १० लाख हजार सहभागी भएका छन् । गत चैतमा भएको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा दिएका थिए।

    दुई विषयमा एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने यसअघिको प्रावधानलाई तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले संशोधन गरेर सात विषयमै एनजी आएका र परीक्षामा अनुपस्थित विद्यार्थीले पनि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन ।

    images
    आइतवार, आश्विन ६ २०८१०७:२७:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार