Jul 27 2026 | २०८३, श्रावण ११ गते

दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छिटो अघि बढाउन ज्ञापनपत्र पेश

दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छिटो अघि बढाउन ज्ञापनपत्र पेश

  • 473
    SHARES

  • दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छिटो अघि बढाउन ज्ञापनपत्र पेश

    असोज ८ गते काठमाडौँ । अखिल नेपाल विद्यार्थी युनियन समाजवादीले सहिद दशरथ चन्द राष्ट्रिय स्वस्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र संचालनकाे माग राख्दै ज्ञापनपत्र बुझाएको छ। समाजवादी युनियमका अध्यक्ष नरेन्द्र सि (बिश्वकर्मा) को नेतृत्वमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अमरबहादुर थापालाई स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक समितिबाट चाँडो टुङ्ग्याउन अनुरोध सहित ज्ञापनपत्र बुझाएको हो।

    मंगलबार अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले सिंहदरबार स्थित समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ माघ २९ मा निर्णय भई सो विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै छिटो समितिबाट अघि बढाउनुपर्ने माग गरेको छ।

    ‘सुदूरपश्चिम प्रदेशको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सुदूरपश्चिमका जनताको जीवनसँग जोडिएको उक्त विधेयक राजनीतिक स्वार्थ र दाउपेचका कारण अड्किरहेको विषय दुखद छ’ अखिल समाजवादीका नरेन्द्र सी को हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘देशका सबै प्रदेशहरुमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदा पनि सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्यापनका संस्था र अस्पतालहरू सञ्चालनमा नरहेको र विकासका दृष्टिले देशकै पछाडि परेको सुदूरपश्चिम प्रदेशमा भौतिक संरचनाहरू समेत निमार्ण भइसकेको अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी र नीतिगत निर्णय नहुनु दुःखद र पिडादायी छ’ बिज्ञप्तिमा भनिएको छ।

    ज्ञापनपत्रमा विश्वविद्यालयसँग सम्बन्धित विधेयकमा उठेका विषयहरूमा परेका शंसोधन निरूपण गरी प्रतिनिधिसभाबाट यथाशक्य छिटो पारित गर्न र गेटामा तत्काल कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालन गर्न माग गरिएको छ ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1727188769111.jpg

    images
    मंगलवार, आश्विन ८ २०८१०९:३३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार