शनिवार, आश्विन १२ २०८१
असोज, १२ गते, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले आज स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने भएको छ । अत्यधिक वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थीहरू बाटोमै रोकिएपछि आजका लागि तोकिएको परीक्षा स्थगित गरेको थियो।
त्रिभुवन विश्वविद्यालयका आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। साथै भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने सूचनामा उल्लेख छ।
परीक्षा दिनका लागि काठमाडौँ हिँडेका विद्यार्थीहरू नारायण मुग्लिन सडक खण्डमा अलपत्र परेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उनीहरू अलपत्र परेका हुन्। सरकारले समेत तत्काल सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँग सम्पूर्ण परीक्षा स्थगित भएका छन्।
यस्तो छ सूचना ।
