Oct 02 2026 | २०८३, आश्विन १६ गते

पूर्वाञ्चल विश्वविद्यालयको भोलि र पर्सिको परीक्षाहरू स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको भोलि र पर्सिको परीक्षाहरू स्थगित

  • 853
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको भोलि र पर्सिको परीक्षाहरू स्थगित

    असोज, १२ गते काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयले पनि भोलि र पर्सि (असोज १३ र १४ गते) सञ्चालन हुने परीक्षाहरू स्थगित गरेको छ।

    विश्वविद्यालयद्वारा व्यवस्थापन, विज्ञान तथा प्रविधी, इन्जिनियरीङ्ग, चिकित्साशास्त्र, कला, शिक्षाशास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरुको सेमेष्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित/आंशिक/मौका परीक्षाहरु सञ्चानत भइरहेकोमा देशभर अविरल वर्षाका कारण जटिल परिस्थीती उत्पन्न भएकाले मिति २०८१ असोज १३ र १४ गते सञ्चालन हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभइन्जेल सम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। साथै उपरोक्त मितिहरुको स्थगित गरिएका परीक्षाहरुको परीक्षा तालिका यथासिघ प्रकाशित गरिने सुचनामा उल्लेख छ।

    व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    FB_IMG_1727535371239.jpg

    images
    शनिवार, आश्विन १२ २०८१०८:४६:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार