सोमवार, आश्विन १४ २०८१
असोज, १४ गते, काठमाडौँ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट १२ जिल्लाका १० हजारभन्दा बढी विद्यार्थी प्रभावित प्रभावित भएका छन्। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको जानकारी दिएको छ । साथै प्राकृतिक विपद्बाट १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको जनाएको छ ।
त्यस्तै तीन वटा विद्यालय विपद् प्रभावितका लागि प्रयोग भइरहेको छ । थप क्षति तथा प्रभावितको विवरण आउन बाँकी रहेकाले यो सङ्ख्या बढ्न सक्ने मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिएका छन्।
यसअघि मन्त्रालयको अनुरोधपछि बढी प्रभावित क्षेत्रका विद्यालय बन्द छन् । कम प्रभावित स्थानीय तहका विद्यालय भने सञ्चालनमै छन् ।

