बुधवार, आश्विन १६ २०८१
असोज, १६ गते । काठमाडौको कालिमाटी/टंकेश्वरमा अवस्थित नील बाराही विद्यालयले स्थापनाको ७१औं बार्षिकोत्सव तथा हिरक जयन्ती मनाएको छ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण महर्जनको सभापतित्वमा, प्रमुख अतिथी पुर्व शिक्षामन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो । उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा सांसद बिराजभक्त महर्जन, काठमाडौ महानगरपालिका वडा नं.१३ का अध्यक्ष ध्रुबनारायण प्रधान, पुर्व प्रदेश संसद राजेश काजी शाक्य, श्रोत ब्यक्ति खगराज जोशी, पूर्व जिल्ला विकास समन्वय समिती प्रमुख शिव सुन्दरराज बैद्ध, लगाएत विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानिय समाजवेसी, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहप्रधानाध्यापक नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व शिक्षामन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले बर्गिय हिसावले न्यून आय आर्जन भएका परिवारका बालबालिकाहरु अध्ययन गर्ने भएकोले तिनिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले मिहेनत गरिरहेको बताउनुभयो। अहिले देशैभरका सामुदायिक विद्यालयहरु राम्रो हुँदै गईरहेकोमा नील बाराही विद्यालयले गुणस्तरलाई ध्यान दिएको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न ध्यान दिनुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिका वडा नं.१३ का अध्यक्ष ध्रुबनारायण प्रधानले बिद्यालयको स्थापना देखिको चर्चा गर्दै प्रधानाध्यापक जानुका नेपालले बिद्यालयको साख बचाएको बताउनुभयो। नील बराहिको बिकासमा बाधा गर्ने केही ब्यक्तिहरु रहेको भन्दै अध्यक्ष प्रधानले 'हेडमिस जानुका नेपालले अत्यन्तै चुनौतिका बाबजुत पनि बिद्यालयको भौतिक पुर्वाधार र शैक्षिक बिकासमा महत्वपूर्ण योगदान दिएको छ। जसको कारण सय जना विद्यार्थीहरुबाट बढेर आज एक हजार भन्दा बढी बालबालिका पढ्ने गरेका छन। "उहाँले भन्नुभयो जानुका नेपाल निडर र क्षमतावान प्रधानाध्यापक हो।"

त्यस्तै कार्यक्रममा नील बाराहि बिद्यालयकी प्रधानाध्यापक डा.जानुका नेपालले बिद्यालयलाई स्थापनाकाल देखि सहयोग गर्ने सबै ब्यक्तिहरुलाई सम्झिदै उहाँहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै भौतिक पुर्वाधारको कारण विद्यार्थी संख्या घटाउनुपर्ने अवस्था आएको र त्यसकोलागी सहयोग गर्न सरोकार वालाहरुलाई आग्रह गर्नुभयो ।

बार्षिकोत्सव कार्यक्रममा सबै अतिथी तथा विद्यार्थी अभिभावकहरुको बिचमा विद्यालयमा भएको आय-ब्यय सहितको आर्थिक प्रतिवेदन बाचन गरिएको थियो। साथै बिद्यालयको स्मारिका बिमोचन समेत गरिएको थियो।

उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै बिद्यालयमा विभिन्न बिधामा उत्कृष्टताहासिल गर्ने शिक्षकहरुलाई समेत पुरस्कृत गरिएको थियो।

बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नेपाली संस्कृति झल्काउने साँस्कृतिक नृत्य तथा गायनहरु समेत प्रस्तुत गरेका थिए।



