आइतवार, कार्तिक ११ २०८१
असोज, १२ गते चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयले 'कृषि प्रदर्शनी तथा कृषक मेला' आयोजना गर्ने भएको छ। विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला- २०८१ को आयोजना गर्ने भएको हो।
विश्वविद्यालयले दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ को नारा एवं लोगो तयारीको लागि विद्यार्थीविच खुल्ला प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। यसका लागि कार्तिक १३ गते सम्मको मिति तय गरेको छ भने निर्धारित समयमा विश्वविद्यालय अन्तर्गत विभिन्न तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुविच प्रतियोगिता आयोजना गरि छनोट गर्ने भएकोले विश्वविद्यालयले आवेदन समेत माग गरेको छ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लोगो र नारामा कृषि विश्वविद्यालय, कृषि शिक्षा, उधमशिलता, कृषिको रुपान्तरण लगायतको कुराहरु झल्किने गरीको तयार गरिएकाे छ।
लोगो एवं नारा सफा पानामा तयार गरि त्यसको विधुतीय प्रति agrifain@afu.edu.np मा पठाउनु पर्नेछ। यसरी रचना पठाउदा आफ्नो पूर्ण नाम, अध्ययनरत स्थान, तह र मत्रान्त समेत खुलाई पठाउनु पर्ने छ।
एक विद्यार्थीले एउटा मात्र नारा वा लोगो पठाउन सक्ने छन्। छनोट हुने लोगो एवं नारा पठाउने विद्यार्थीलाई पुरस्कार स्वरूप जनही रु पाँच हजार प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।
यस प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन्।
