Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्‍चिम विश्वविद्यालय र जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक सहकार्य

सुदूरपश्‍चिम विश्वविद्यालय र जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक सहकार्य

  • 771
    SHARES

  • सुदूरपश्‍चिम विश्वविद्यालय र जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक सहकार्य

    कार्तिक, ११ गते, काठमाडाैँ । सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ।

    ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका बीच आइतबार बिहान नेपालको सुदूरपश्‍चिम विश्‍वविद्यालयमा उपकुलपति प्रा.डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच हस्ताक्षर भएको पाँचबुँदे समझदारीपत्र आदानप्रदान गरिएको हो।

    शैक्षिक तथा प्राज्ञिक उन्‍नयनका लागि दुई विश्‍वविद्यालयबीच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. पन्तले जानकारी गराए।

    जसमा विश्‍वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरु आदानप्रदान गर्ने, सुदूरपश्‍चिम विश्‍वविद्यालय र जोनबुक विश्‍वविद्यालयका विद्यार्थीहरु आदानप्रदान गर्ने, दुबै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान सञ्‍चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरु आयोजना गर्ने पाँचबुँदे समझदारी भएको हो।

    सन् १९४७ मा स्थापना भएको जोनबुक विश्‍वविद्यालयका प्रा.डा ह्याक योङ किमले सुदूरपश्चिम विश्‍वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका छन्। समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरुको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन्।

    सन् २०१० मा स्थापना भएको सुदूरपश्‍चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ। नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रुपमा छ।

    IMG_20241027_210028.png

    images
    आइतवार, कार्तिक ११ २०८११०:५१:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार