Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालय: स्नातक तह इन्जिनियरिङ संकायमा पुनः प्रवेश परीक्षाको म्याद थप

पूर्वाञ्चल विश्वविद्यालय: स्नातक तह इन्जिनियरिङ संकायमा पुनः प्रवेश परीक्षाको म्याद थप

  • 756
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालय: स्नातक तह इन्जिनियरिङ संकायमा पुनः प्रवेश परीक्षाको म्याद थप

    कार्तिक, २३ गते काठमाडौ। पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहका शैक्षिक कार्यक्रमहरूको पुनः प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरेको छ।

    विश्वविद्यालय इञ्जिनियरिङ संकाय प्रवेश परीक्षा समितिको मिति २०८१/०७/२२ गतेको निर्णयानुसार इञ्जिनियरिङ संकाय अन्तर्गत आंगिक एवम् सम्बन्धन प्राप्त स्कूल क्याम्पस कलेजहरुमा संचालित स्नातक तहका शैक्षिक कार्यक्रमहरुको पूनः प्रवेश परीक्षाको फारम भर्ने/भराउने म्याद (समयावधि) गरेको जानकारी दिएको छ।

    पुन: प्रवेश परिक्षाको आवेदन फारम बुझाउने अन्तिम म्याद नियमित दस्तुर लिई २०८१ मंसिर ३ गते र बिलम्ब दस्तुर लिई २०८१ मंसिर ४ गते सम्म तोकिएको छ। साथै प्रवेश परीक्षा मंसिर ८ गते संचालन हुने जानकारी दिएको छ।

    प्रवेश परीक्षामा सहभागी हुन छुटेका विद्यार्थीहरूले यो अवसरलाई उपयोग गर्न सक्नेछन्। पुनः प्रवेश परीक्षाको आवेदन र जानकारीको लागि यहाँ https://entrance.puexam.edu.np हेर्नुहोला।

    FB_IMG_1731028730262.jpg

    images
    शुक्रवार, कार्तिक २३ २०८१०७:४८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार