शुक्रवार, फाल्गुण १४ २०७७
काठमाडौ/ १४ फागुन – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले दर्शनाचार्य तथा विद्यावारिधि तहमा नयाँ भर्ना खोलेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा सञ्चालित एमफिल तथा पिएचडी तहमा अध्ययन गर्न चाहानेका लागि आवेदन खुला गरेको छ ।
आवेदन फारम २०७७ फागुन १४ देखि चैत्र १३ सम्म र दोब्बर दस्तुरमा चैत्र १८ गते सम्म सम्बन्धित विभागमा पेस गर्न भनिएको छ ।
एमफिल तथा पिएचडी तहमा प्रवेश परीक्षा चैत्र २८ गते दिउँसो १२ बजे हुने जानकारी दिएको छ ।
